कहिलेसम्म रहला अधिक तरलताको यो अवस्था? बैंकमा पैसाको छेलोखेलो।

  लक डाउनका कारण कर्जा प्रवाह सुस्ताएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलताको अवस्था) अझै वृद्धि हुन थालेको छ। केन्द्रीय बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ६३ अर्ब रुपैयाँ अधिक तरलता छ । यसर्थ, बैंक ब्याजदर अझै तल आउने सम्भावना देखिन्छ।   बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले तरलता…

4 मिनेट

पढ्ने समय

 

\"\"

लक डाउनका कारण कर्जा प्रवाह सुस्ताएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलताको अवस्था) अझै वृद्धि हुन थालेको छ। केन्द्रीय बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ६३ अर्ब रुपैयाँ अधिक तरलता छ । यसर्थ, बैंक ब्याजदर अझै तल आउने सम्भावना देखिन्छ।

 

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने अपेक्षा बैंकरहरुले राखेका छन् भए पनि केन्द्रीय बैंक भने अहिले नै तरलता तान्ने पक्षमा देखिदैन। केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले मौद्रिक नीति तर्जुमापछि मात्रै आवश्यक परेमा तरलता प्रशोचन गर्ने बताए । उनले भने, ‘सरकारको खर्च पछिल्लो समय बढेको छ । आयात धेरै भएको छैन । रेमिटेन्सको अवस्था सामान्य छ, जसका कारण बैंकहरुमा तरलता थुप्रिएको हो । राष्ट्र बैंक सकेसम्म कर्जा उपलब्धता सहज बनाउने पक्षमा छ ।’ केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत तरलता प्रशोचन भन्दा पनि बैंकहरुलाई लगानी वृद्धि गर्नेतर्फ प्रोत्साहित गर्ने नीति ल्याउन लागेको छ ।

 

बैंकरहरु कर्जा माग नै हुन छाडेपछि कहाँ लगानी गर्ने भनेर अनयोलमा पनि परिरहेका छन् । लक डाउन हुनुभन्दा केही समय अघिसम्म पनिन तरलता अभाव भएको भन्दै पुराना र सम्झौता भएका कर्जा मात्रै प्रवाह गरेका बैंकर्सहरु अहिले प्रणालीमा पैसा थुप्रेको तथा लगानी गर्न नपाएको भन्दै चिन्तित हुन थालेका छन् ।

 

 

 

बैंकमा निक्षेप बढेको बढ्यै छ तर कर्जाको माग छैन । बैंकर्स संघको तथ्यांक अनुसार पछिल्ला ३ सातामा ५७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ तर कर्जा प्रवाहदर भने अझै घटेको छ । यता, ऋणीहरु पनि चैत यताको कर्जाको साँवा र ब्याज नै सजिलोसँग तिर्न सकिरहेका छैनन् । यसकारण पनि उनीहरु नयाँ कर्जा माग गर्न सक्ने अवस्थामा छैनन् । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरहरुले गुनासो गर्न थालेका छन् ।

 

अहिलेको व्यवस्था अनुसार बैंकहरुबीच अन्तर बैंक ब्याजदर करिडोर २% भन्दा कम भएमा राष्ट्र बैंकले २% ब्याजमा बैंकसँग निक्षेप किन्नुपर्छ । तर, हाल अन्तर बैंक कारोबार ०.२% सम्म झर्दा पनि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयन नगरेको बैंकरहरु बताउँछन् । एक बैंकरले भने, ‘राष्ट्र बैंकले ब्याज तिर्नुपर्ने लोभमा खुला बजार कारोबार सञ्चालन नगरेको हो । बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले लगिदिने हो भने बैंकहरुलाई २% को दरले ब्याज तिर्नुपर्ने हुन्छ ।’ यसले राष्ट्र बैंकलाई पनि समस्यामा पार्ने जानकारहरु बताउँछन् ।

 

 

बैकिङ्ग क्षेत्रका बिज्ञ तथा अनुभवीहरु लगानी गर्ने वातावरण नभएका कारण अहिले बैंकको कर्जा लगानी सुस्ताएको बताउँछन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लगानी गर्ने वातावरण पूरै बिग्रिएका कारण यतिबेला बैंक तथा वित्तीय संस्थाको लगानी विस्तार हुन नसकेको हो । लगानी नहुँदा अत्याधिक तरलता थुप्रिएको कुरा सहजै अनुमान गर्न सकिन्छ। कोरोना प्रभाव रहेसम्म बैंकिङ क्षेत्रमा अधिक तरलता जारी रहने कुरामा दुइमत देखिदैन। अहिलेको अवस्था साधारण नभएको र यस्तो  बेलामा तरलता अधिक हुनु स्वाभाविक भएको कुरा विज्ञहरु बताउछन।

 

कोभिड–१९ को असर कहिलेसम्म रहन्छ भन्ने केही निश्चित नभएकोले अब कहिले लगानी वृद्धि होला भनेर ठोकुवा गर्न सकिने अवस्था देखिदैन  यद्दपि, विस्तारै अवस्था सुधार हुँदै जाने आम सर्वसाधारण र विज्ञहरुको बुझाई छ । ‘कोरोना प्रभाव जारी रहँदासम्म उद्योगधन्दा प्रभावकारी रुपमा खुल्न नसक्ने भएकाले बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था कायमै रहन्छ ।’ केन्द्रीय बैंकलाई पनि अहिले आन्तरिक समस्या परेको केहि विज्ञहरुको तर्क छ । पुनरकर्जा कोषको व्यवस्थापन गर्ने चुनौती केन्द्रीय बैंकलाई देखिएको बताइन्छ ।

 

 

तरलता धेरै भएपछि वाणिज्य बैंकले विगत २ वर्षदेखि गर्दै आएको निक्षेपमा ब्याजदरको भद्र सहमति समेत तोडेका छन् । निक्षेपको ब्याज कम हुँदा बचत गर्न मानिसहरू निरुत्साहित हुन्छन् । साथै, बैंकहरुबाट रकम झिकेर सहकारीतिर मोडिने सम्भावना अधिक हुन्छ । यसले सेयर बजारमा भने सकारात्मक प्रभाव पार्नेछ । यस्तै, पुँजी अनुत्पादक क्षेत्रमा बढी प्रयोग हुने जोखिम पनि उत्तिकै हुन्छ । यसले समग्र पुँजी निर्माणमा असर पर्न जान्छ । लामो समयसम्म यही क्रम जारी रहे बचत प्रभावित हुने अवस्था समेत आउन सक्छ। त्यसपछि फेरि लगानी योग्य रकम अभाव हुन सक्ने विश्लेषण पनि अर्थविद्हरु गर्छन् । यसर्थ, मौद्रिक तथा वित्तीय उपकरणका माध्यमबाट अधिक तरलता र न्यून तरलताको अवस्थालाई ठीक ठाउँमा ल्याउनुपर्ने हुन्छ ।

 

 

यति बेला कोरोना त्रासका कारण बैंकहरुको लगानी नभएको भन्दै राष्ट्र बैंकले तरलता तान्नुपर्ने बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले अधिक तरलता तान्नेमा बैकहरु  विश्वस्त देखिएका छन् ।  वाणिज्य बैंकका सीओहरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल राष्ट्र बैंकले तरलता तान्नेमा आफू ढुक्क भएको बताउँछन् ।आफूहरु लगानी विस्तार हुने अवसरको प्रतीक्षामा बसेको कुरा नेपाल बैंकर्स संघका पदाधिकारीहरुले बताउदै आएका छन । उनीहरु भन्छन्, ‘हामी लगानी गर्न बसेका हौँ, तर अवसर आउनुपर्यो । लगानीको अवसर आउने बित्तिकै कर्जा प्रवाह गरिहाल्छौं । त्यतिन्जेलसम्म राष्ट्र बैंकले आवश्यकता अनुसार तरलता प्रशोचन गर्नुपर्छ ।’

 

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच