निलगिरी खोलामा निर्माणाधीन माउन्टेन इनर्जी नेपालको जलाविधुत आयोजनाको आइपिओ साउन ८ बाट खुल्ने

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ नारच्याङ्ग स्थित निलगिरी खोलाबाट ३८ मेगावाटको जलविधुत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जी नेपालले यहि साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता…

1 मिनेट

पढ्ने समय

\"\"

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ नारच्याङ्ग स्थित निलगिरी खोलाबाट ३८ मेगावाटको जलविधुत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जी नेपालले यहि साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे बिक्री गर्नेछ । यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।

 

यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापलटलले गर्नेछन् । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।

 

यो आइपीओमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, त्यस अवधिमा बिक्री नभएमा भने भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

आइपिओ कहाँ कहाँ बाट कसरि भर्ने?

यो आइपिओ तल तोकिएका बैक तथा बित्तिय संस्थाहरु र सी आस्बा बाट अनलाइन मार्फत पनि भर्न सकिनेछ।

\"\"

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच