एनआइसी एसियाको आइपीओ खुल्यो- लघुवित्तमा अहिलेसम्मकै ठूलो आइइपिओ भएको दावी

  यहि २०७७ असार १४ गते सम्म लगानीकर्ताहरुले लगानी गर्ने मिल्ने गरि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ आज बुधबार (असार १० गतेबाट) निष्कासन खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । पुर्व निर्धारित अवधिमा सबै शेयर बिक्री नभएमा…

1 मिनेट

पढ्ने समय

 

\"\"

यहि २०७७ असार १४ गते सम्म लगानीकर्ताहरुले लगानी गर्ने मिल्ने गरि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ आज बुधबार (असार १० गतेबाट) निष्कासन खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । पुर्व निर्धारित अवधिमा सबै शेयर बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला रहने बताइएको छ।

 

यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

 

मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । साथै यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन गर्न सकिनेछ ।  हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच