निलगिरी खोलामा निर्माणाधीन माउन्टेन इनर्जी नेपालको जलविधुत आयोजनाको आइपिओ अर्को सुचना न आउदा सम्मको लागि स्थगित

  म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ नारच्याङ्ग स्थित निलगिरी खोलाबाट ३८ मेगावाटको जलविधुत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जी नेपालले यहि साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ खुला गर्ने भनिएकोमा देशभर जारी बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि आइपीओ…

1 मिनेट

पढ्ने समय

\"\"

 

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ नारच्याङ्ग स्थित निलगिरी खोलाबाट ३८ मेगावाटको जलविधुत आयोजना निर्माण गरिरहेको माउन्टेन इनर्जी नेपालले यहि साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ खुला गर्ने भनिएकोमा देशभर जारी बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि आइपीओ बिक्री कार्य स्थगित गरेको छ।

 

यसअघि माउन्टेनले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बिहीबारबाट १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको थियो । अहिलेलाई स्थगित गरिएकाले अब फेरि अर्को सूचना आएपछि मात्र स्थानीय बासिन्दाले यो आइपीओ भर्न सक्नेछन् । स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ ।

 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ । माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच