व्यङ्ग्य कविता: शब्दकोश

  हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस् अथवा गँड्यौला संविधानलाई संविधान भन्नोस् अथवा चुटकिला साहूकारलाई साहूकार भन्नोस् अथवा रक्तजीवी विचारलाई विचार भन्नोस् अथवा वीर्यपात नायकलाई नायक भन्नोस् अथवा भारदार न्यायलाई न्याय भन्नोस् अथवा गाली भद्रजनलाई भद्रजन भन्नोस् अथवा…

1 मिनेट

पढ्ने समय

\"\"

 

हिजोआज शब्दहरुले

एउटै अर्थ दिन थालेका छन्

उदाहरणका लागि

तपाईं संसद्लाई संसद् भन्नोस्

अथवा सुपरमार्केट

आन्दोलनलाई आन्दोलन भन्नोस्

अथवा धोका

मनीषीलाई मनीषी भन्नोस्

अथवा गँड्यौला

संविधानलाई संविधान भन्नोस्

अथवा चुटकिला

साहूकारलाई साहूकार भन्नोस्

अथवा रक्तजीवी

विचारलाई विचार भन्नोस्

अथवा वीर्यपात

नायकलाई नायक भन्नोस्

अथवा भारदार

न्यायलाई न्याय भन्नोस्

अथवा गाली

भद्रजनलाई भद्रजन भन्नोस्

अथवा दलाल

झन्डालाई झन्डा भन्नोस्

अथवा मखुन्डो

सिंहदरबारलाई सिहंदरबार भन्नोस्

अथवा जुवाघर

व्यवस्थालाई व्यवस्था भन्नोस्

अथवा जङ्गल

रक्षकलाई रक्षक भन्नोस्

अथवा अपराधी

राजनीतिलाई राजनीति भन्नोस्

अथवा ठेकेदारी

देशलाई देश भन्नोस्

अथवा बधस्थल

कुनै फरक पर्नेछैन

चलाखी, महल, सिद्धान्त,

जननायक, साइकल, लामखुट्टे,

बहुमत, घूस, घाँस,

ढुङ्गा, कफ्र्यू, पूmल,

पहलमान, वंशावली, रात,

बारुद, लाइसेन्स, जय नेपाल,

समीकरण, गमला, गीत,

मन, कमरेड, दमकल,

पासपोर्ट, मानिस, हिमाल,

पार्टी, श्रीपेच, खेल,

दलबदल, आलोचना, पैसा,

अभिनय, बल, समाजवाद,

अमेरिका, भकारी, अविश्वास,

इतिहास, कूटनीति, दलदल आदिमा

अब कुनै भेद छैन

म निरन्तर पाना पल्टाएर हेरिरहेछु

लोकतन्त्रको शब्दकोशमा

शब्दहरुले अर्थ हराएका छन्

(२०५५

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच