तिज गित बिकृती र चुनौती

हिन्दु नारिहरुको महान चाड तिजको पुर्व सन्ध्यामा नेपाली संगित बजारमा बर्सेनि सयौँको संख्यामा चाड विशेष तिज गित बजारमा आइरहेका हुन्छन्  सदाका  बर्षझै यस बर्ष पनि बजारमा गितहरु रिलिज भए तर केहि गितहरुले नेपालि लोक गित संगितको क्षेत्र माथी नै प्रश्न चिन्ह खडा गरिदिए कारण यस्मा प्रयोग भएका अपाच्य दुअर्थि लाग्ने  शब्द  लय , शब्द तथा…

2 मिनेट

पढ्ने समय

हिन्दु नारिहरुको महान चाड तिजको पुर्व सन्ध्यामा नेपाली संगित बजारमा बर्सेनि सयौँको संख्यामा चाड विशेष तिज गित बजारमा आइरहेका हुन्छन्  सदाका  बर्षझै यस बर्ष पनि बजारमा गितहरु रिलिज भए तर केहि गितहरुले नेपालि लोक गित संगितको क्षेत्र माथी नै प्रश्न चिन्ह खडा गरिदिए कारण यस्मा प्रयोग भएका अपाच्य दुअर्थि लाग्ने  शब्द  लय , शब्द तथा लय  चोरी नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठानका र यस्का पदाधिकारीका लागी निकैनै टाउको दुखाइको बिषय बन्यो प्रतिष्ठानको अनौपचारिक अनुरोध केहि कलाकारहरुले नटेरेको र बिसङगती रोक्न जनदबाव बढेपछि  प्रतिष्ठानले  बाध्य भएर आज सुचना नै प्रकाशित गर्यो 
प्रतिष्ठानको यो कदम स्वागतयोग्य छ तर लोक गित संगितमा  परिवर्तनको नाममा बिकृती फैलन रोक्नका लागी लत उल्लेखित सबैको साथ र सहयोग र रचनात्मक भुमिका पनि उत्तिकै महत्वपूर्ण छ

1. रेकर्डिङ स्टुडियो
छाडा अभद्र गित रेकर्ड नगर्नुस्
2. सर्जक रचनाकार
गित लेखिरँहदा म सस्तो चर्चा कमाउने खालका कमसल अभद्र र संस्कृति बिग्रार्ने गितै लेख्दिन  भनेर प्रण गर्नुस्
3 गाएक गायिका
अपाच्य र दुअर्थी लाग्ने कसैको मान सम्मानमा ठेस पुर्याउने खालका   गितै गाउन्न भनेर अडान लिनोस्
4 एरेन्जर मिक्सिङ
मेरो धुन गतल गितमा प्रयोग हुन दिन्न भनेर प्रण गर्नुस्
5. मोडलहरु कलाकार
हामी यस्ता अभद्र छाडा गितमा काम गर्दैनौँ भन्नुस र ग्यामर हैन कलामा बिस्वास राख्नुस्
6. म्युजिक निर्देशक
मौलिकता गमनाम हुने गरि मोडलहरुका तिघ्रा बिकाएर हैन गितार र ड्रम हैन मादल सारङी लाइ प्रोत्साहन गरेर  भिडियो बनाउन बनाउने कन्सेप्ट दिनुस्

साथै आम लोक गित संगितका पारखी  दर्शक स्रोतामा मेरो सादर अनुरोध
तपाईंहरु  अपाच्य ,दुअर्थी, सद्भाव भड्काउने मौलिकता माथी प्रहार गरि  बनाइएका गित संगित हेर्न बन्द गर्दिनोस्
यस्ता गितलाई पुर्णरुपमा बहिष्कार गर्दै
बर्षौँ देखी नेपाली लोक गित संगितमा संघर्षरत कलाकारहरुको मौलिक र राम्रा गितलाई प्रोत्साहन गर्ने र हेर्ने बानी बसास्नुहोस् नत्र हाम्रै कारण हामिले लोक गित संगितमा हिलो छेप्नेछौँ

साथै सबै कलाकारहरु पनि जिम्मेवार भैदिनोस्  लोक गित लोकको गित हुनु पर्छ लोकले गुनगुनाउने हुनुपर्छ जहाँ मादल सारङी खैडजि मुजुरा बासुरी लयायतका लोक बाजाहरु प्रयोग हुन र जुन युग युगान्तर सम्म जिबन्त रहोस् मौलिकता टिकिरहोस् संस्कृती झल्किरहोस् ताकी अब आउने पुस्ताले पनि अरुलाई सुनाउन सकुन गर्वका साथ भन्न सकुन् हाम्रो लोक संगित संस्कृति यस्तो थियो भनेर हामिले सिर्जना गरेको बर्तमानको असर भविश्यले भोग्न नपरोस् नत्र युगले लोक गित संगितको क्षेत्रमा अतुलनिय क्षति बेहोर्नु पर्ने छ

प्रेम राज अधिकारी
चितवन नेपाल
हाल दोहा कतार

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच