कार्ड्स अर्गनाइजेसन कतारले आगामी फेब्रुअरीमा दोश्रो अधिवेशन सम्पन्न गर्ने

उर्जाशील कार्य-योजना जिम्मेवार बिकाश समाज ( Consulate Action-Plan of Responsible Development Society – CARDS ) कार्ड्स अर्गनाइजेशन कतारले संस्थाको दोश्रो अधिवेशन आयोजना गर्नको लागि श्री कृष्ण पन्थी संयोजक र श्री डिल्लीराम भट्टराइ सह संयोजक रहेको ५१ सदस्यीय दोश्रो अधिवेशन आयोजक समिति गठन गरेको छ । गत शुक्रबार अर्थात २२ जनवरी २०२१ दिन दोहाको ग्रान्ड मल…

2 मिनेट

पढ्ने समय

उर्जाशील कार्य-योजना जिम्मेवार बिकाश समाज ( Consulate Action-Plan of Responsible Development Society – CARDS ) कार्ड्स अर्गनाइजेशन कतारले संस्थाको दोश्रो अधिवेशन आयोजना गर्नको लागि श्री कृष्ण पन्थी संयोजक र श्री डिल्लीराम भट्टराइ सह संयोजक रहेको ५१ सदस्यीय दोश्रो अधिवेशन आयोजक समिति गठन गरेको छ ।

\"\"

गत शुक्रबार अर्थात २२ जनवरी २०२१ दिन दोहाको ग्रान्ड मल परिशरमा संस्थाका कार्यबाहक अध्यक्ष श्री श्याम बहादुर लिम्बुको अध्यक्षता र विदेश बिभाग प्रमुख श्री मोहन कार्कीको प्रमुख आतित्यथामा सम्पन्न बिस्तारित भेलाले बिभिन्न बिषयहरुमा छलफल गर्दै आगामी फेब्रुअरी २०२१ भित्र संस्थाको दोश्रो अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय समन्वय तयारी समितिका संयोजक श्री के बी हमालको बिशेष आतित्यथा र मानार्थ सदस्यहरु श्री प्रेम प्रसाद पौडेल, श्री साजन लौडारी, श्रीकृष्ण पन्थी, श्री डिल्लीराम भटराई आदिको उपस्थिति रहेको उक्त भेलाको संचालन संस्थाका महासचिव श्री बिमल घलेले गर्नुभएको थियो

संस्थाको कार्यसमितिका पदाधिकारीहरुका साथै थुप्रै कार्ड्स प्रेमीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त बिस्तारित भेलामा बोल्ने बक्ताहरुले संस्थालाई आगामी दिनमा सामाजिक, आर्थिक र भौतिक सबै हिसाबले अझ शसक्त र सवल बनाउदै अगाडि बढाउनु पर्नेमा कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा बिस्तारित भेलाका अध्यक्ष तथा संस्थाका कार्यबाहक अध्यक्ष श्री श्याम बहादुर लिम्बुले पहिलो अधिबेशनबाट निर्वाचित आफु र सिंगो कार्यसमितिलाई सहयोग पुर्याउने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्दै प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमिति बिघटन भएको औपचारिक घोषणाका साथ दोश्रो अधिवेशन आयोजक समिति गठनको मार्ग प्रशस्त गर्नुभएको थियो ।

दोश्रो अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि संस्थाका मानार्थ सदस्य श्री कृष्ण पन्थीको संयोजकत्वमा मानार्थ सदस्य श्री डिल्ली राम भट्टराई सह-संयोजकत्व रहेको ५१ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको कुरा विदेश बिभाग प्रमुख श्री मोहन कार्कीले घोरेपानी अनलाइनलाइ बताउनुभयो।

\"\"

समिति गठन भए लगत्तै अधिवेशन आयोजक समितिको पहिलो बैठक समितिका संयोजक श्री कृष्ण पन्थीको अध्यक्षता र सह-संयोजक श्री डिल्लीराम भट्टराइको संचालनमा बसेको थियो। बैठकले ९ जनाको सचिबालय समिति गठन गरेको छ जसमा कृष्ण पन्थी, डिल्लिराम भट्टराई, बिमल घले, महम्मद आयुब शेष, राजाराम शाहि, असार मान राई, धर्मराज नेपाल, नर बहादुर थापा र सुरज कुँवर रहनुभएको छ । बैठक आगामी अधिवेशनको लागि आवस्यकता अनुसार बिभागहरु गठन गरि सबै कामको लागि जिम्मेवारी बाँडफाँड गर्दै अधिवेशन सभ्य र भब्य रूपमा सम्पन्न गर्ने सर्वसम्मत निर्णयका साथ समापन भएको थियो ।

साथै दोश्रो अधिवेशनको आधिकारिक तिथि मिति समय र स्थानको बारेमा बर्तमान कोभिड-१९ महामारीको स्थिति हेरी छिट्टै निर्णय गरि सार्वजनिक गरिने  कुरा जानाकारी गराइएको थियो।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच