नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थाई समितिको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ। यसअघि पार्टीले ओलीलाई स्पष्टिकरण सोध्दै बालुवाटारको गेटमा पत्र छाडेको थियो।
त्यस्तै स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ। यसअघि पूर्व माओवादीका तर्फबाट,श्रीराम ढकाल सचिव रहेका थिए। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।
यस अघि पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै रिक्त अध्यक्ष पदमा पार्टीका बरिष्ट नेता माधव कुमार नेपाललाई चयन गरेको थियो।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।














