सेयर राफसाफमा ‘टी प्लस टु’ लागू भएसंगै लगानीकर्ताहरु थप गम्भीर हुन आवास्यक

काठमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर कारोबार राफसाफ चक्र ‘टी प्लस टु’ मा आएसँगै लगानीकर्तालाई थप गम्भीर हुन अनुरोध गरेको छ । सीडीएस एण्ड क्लियरिङले आइतबारदेखि कारोबार राफसाफ ‘टी प्लस टु’ मा गर्ने भनेपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि एसोसिएसनले आफ्ना ग्राहकलाई अझ बढी जिम्मेबार भइदिन अनुरोध गरेको हो । सीडीएसले माघ ११ गतेको…

1 मिनेट

पढ्ने समय

काठमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर कारोबार राफसाफ चक्र ‘टी प्लस टु’ मा आएसँगै लगानीकर्तालाई थप गम्भीर हुन अनुरोध गरेको छ । सीडीएस एण्ड क्लियरिङले आइतबारदेखि कारोबार राफसाफ ‘टी प्लस टु’ मा गर्ने भनेपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि एसोसिएसनले आफ्ना ग्राहकलाई अझ बढी जिम्मेबार भइदिन अनुरोध गरेको हो । सीडीएसले माघ ११ गतेको कारोबारबाट लागू हुने गरी ‘टी प्लस थ्री’ को राफसाफ चक्रलाई ‘टी प्लस टु’ मा झारेको छ ।

ब्रोकर्स एसोसिएसनले बिक्री गरेका सेयर ‘टी प्लस टु’ अर्थात दोस्रो दिनको १२ बजे भित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्त्रण नभएमा सेयर बिक्री रकमको २०% रकम क्लोज आउटमा जानेतर्फ पनि स्मरण गराएको छ । अर्थात् बिक्रीकर्ताले बेचेको भोलीपल्ट दिउँसो १२ भित्र ब्रोकरको पुल खातामा सेयर हस्तान्तरण नभएमा क्लोज आउटबापत २०% रकम जरिवानास्वरुपः सम्बन्धित लगानीकर्ताको खाताबाट काटिने कानुनी व्यवस्था रहेको प्रति सचेत गराएको छ ।

एसोसिएसनले जारी गरेको विज्ञप्तिमा हाल दोस्रो बजारमा उपलब्ध कारोबार तथा राफसाफँंग सम्बन्धित पूर्वाधारहरु पूर्ण र स्वचालित भई नसकेको अवस्थामा कारोबार गर्दा ‘टी प्लस थ्री’ राफसाफ चक्रमा नै ब्रोकरले ठूलो आर्थिक जोखिम मोलिरहेको पनि बताएको छ । एसोसिएसाको विज्ञप्तिमा भनिएको छ,‘ ‘टी प्लस टु’ राफसाफ चक्रमा जाँदा जोखिम गुणात्मकरुपमा वृद्धि हुने पक्का छ । तर पनि बजारको विकास र विस्तारका सधैं आशा गरिरहने हामी व्यवसायी यस्तो जोखिम व्यवस्थापनका लागि आवश्यक पर्ने ठूलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना गर्न आग्रह गर्दछौं ।

यस्तै, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ एण्ड बरोइङ मार्केटको सञ्चालन, पावर अफ एर्टनी, अटो इडीएअइएसको व्यवस्था सम्बन्धित निकायले चाडै नै गर्न सकोस भन्ने अनुरोध गर्दै यस्तो जोखिम लिएर भए पनि अझ बढी बजारको स्वच्छ सञ्चालनको लागि हामी व्यवसायी तप्पर छौं ।’

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच