प्रधानमन्त्रि ओलि भन्छन: संसद बिघटनको बिरोध गर्नु देशद्रोह हो।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही र जनविरोधी रहेको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको दावी गरे । उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका…

1 मिनेट

पढ्ने समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही र जनविरोधी रहेको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको दावी गरे ।

उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जानका लागि यो कदम चालिएको दावी गरे । सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा राखे ।
उनले भने, ‘मैले गरेको काम जनताले मूल्याङ्कन गरुन र अरुले के गरेका छन् त्यसको मूल्याङ्कन पनि जनताले गरुन् भनेर नै यो कदम चालिएको हो, त्यसैले बैशाखमा हुने चुनावमा यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गर्दछु ।’

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच