एन.आर.एन. जापानका सचिव तथा जापानका लागि नेपाली पर्यटन दूत अनुज थापालाई तिन वर्ष कैद सँजाय हुने

श्री उच्च अदालत पाटनले मिति २०७७।१०।११ गते माननीय न्यायाधीशहरु महेश शर्मा पौडेल र नीता शर्मा सेढाईको इजलासबाट श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश विनोद कुमार पोखरेलले जापानीज नागरिक Prof. Dr. Yamamoto Hiraku  को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी अनुज थापा भएको ठगी मुद्दामा मिति २०७६ मंसिर ०५ गते एन.आर.एन. जापानका सचिव एवम् नेपालका तर्फबाट…

1 मिनेट

पढ्ने समय

श्री उच्च अदालत पाटनले मिति २०७७।१०।११ गते माननीय न्यायाधीशहरु महेश शर्मा पौडेल र नीता शर्मा सेढाईको इजलासबाट श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश विनोद कुमार पोखरेलले जापानीज नागरिक Prof. Dr. Yamamoto Hiraku  को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी अनुज थापा भएको ठगी मुद्दामा मिति २०७६ मंसिर ०५ गते एन.आर.एन. जापानका सचिव एवम् नेपालका तर्फबाट जापानका लागि नेपाली पर्यटन दूत र होटल वुडल्याण्डका संचालक समेत रहेका अनुज थापालाई ३ वर्ष कैद सजाय र रु.५,८२,७५,०००।– ( पाँच करोड बयासी लाख पचहत्तर हजार) बिगो र रु.५०,०००।– (पचास हजार) जरिवाना हुने गरी गरेको शुरु फैसलालाई सदर गरेको छ ।

वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालत पाटनका सरकारी वकिल प्रमुख सह–न्यायाधिवक्ता सूर्यराज दाहालको टीम र जाहेरवालाका तर्फबाट चर्चित कानून व्यवसायी विजय मिश्रको टिमले बहस गरेका थिए। यसरी काठमाडौं जिल्ला अदालतले फौजदारी मुद्दा ठगीमा ३ वर्ष जेल सजाय तोकिएका निज अनुज थापालाई एन.आर.एन. का उपाध्यक्ष डा. केदार के.सी. र एन.आर.एन. का अध्यक्ष डा. भुवन भट्टको सहयोग र समर्थनमा एन.आर.एन. को विधान विपरित केन्द्रीय स्तरको नेतामा मनोनयन गरेका छन् । यसरी ठगी मुद्दामा सजाय पाएका व्यक्तिलाई केन्द्रिय स्तरमा मनोनित गर्दा एन.आर.एन. का कतिपय सदस्यहरुले आश्चर्य प्रकट र विरोध समेत गरेका छन् ।

जाहेरवाला Prof. Dr. Yamamoto Hiraku जापानमा चर्चित प्रोफेसर हुन्। यसरी एन.आर.एन. को नेता र पर्यटन दूतले जापानका प्रशिद्ध र प्रतिष्ठित प्रोफेसरलाई ठगी गर्नाले जापानमा बसोबास र अध्ययन गर्ने नेपालीले दुःख व्यक्त गरेका छन् । सो कुरा बारम्बार एन.आर.एन. को
केन्द्रिय नेतृत्वलाई जानकारी गराउँदा समेत चुपचाप बस्नुले थप शंका उत्पन्न गरेको र विदेशमा नेपालीहरुले बेइज्जत महसुस गरेका छन्। नेपालीलाई सधै माया र सहयोग गर्ने जापानिजहरुले नेपालीलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन हुने आशंका त्यहाँ रहेका नेपालीहरुले गरेका छन्।

(श्रोत: बाटिकाबाट)

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच