बाचै बाचाको भुमरीमा हराएका प्रम ओलीको अर्को बाचा – \’तिन महिनाभित्र सबै नेपालीलाई निशुल्क कोरोनाको खोप वितरण गरिने\’

घर घरमा ग्याँसको पाइप, खान नपाएकाहरुलाई ओछ्यानमै दाल भात, गोजीमा पैसा नहुनेहरुलाई उनीहरुकै नाममा बैक खाता खोलेर पैसा जम्मा गरिदिने, हिन्द महासागरमा नेपालि झण्डा फ़रफ़राउदै पानीजहाज चालाइने, निर्बाचित भएको दुइ वर्षभित्रै नेपालको पुर्वपॉश्चिममा चल्ने गरि रेलसेवा बिस्तार गरिने जस्ता अनगिन्ति र मनगढ़न्ते आश्वासनहरु बाँढेर सोझा सिधा जनताको बिचमा आफुलाई सधै लोकप्रिय बनाउन सफल रहनुभएका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आज फेरी अर्को नया उद्घोष गर्नुभएको छ। प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

कोभिडविरुद्धको खोप अभियानको भर्चुअल उद्घाटन गर्दै ओलीले अब कोभिडको त्रास कम भएर जाने विश्वास समेत व्यक्त गर्न गर्नुभयो ।

‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’ ओलीले प्रष्ट पार्नुभयो।

यस अघि कोरोना भनेको सामान्य रुघखोकि मात्र हो र यसलाई बेसार पनि खाएर र हाच्छ्यु गरेर उदाइदिनु पर्छ भन्दै आउनुभएका प्रम ओलीले यस पटक भने खोप अभियान प्रारम्भ भए पनि कोभिडविरुद्ध अपनाइएको मापदण्डहरुलाई जारी राख्नुपर्ने बताउनुभयो । वहाले मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ लगायतका कुराहरुमा पूर्ववत ध्यान दिन उनले देशवासीलाई सुझाव दिनुभयो।

प्रमले अगाडी भन्नुभयो, ‘हामी खोपमा मात्रै भर पर्ने होइन । यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ । हामीले कोभिडविरुद्धको लडाईमा अपनाएका अरु पक्षहरुमा किञ्चित लापरवाही गर्नुहुन्न । अहिलेका मापदण्डहरुलाई जारी राख्नुपर्छ ।’

कोभिडविरुद्धको खोप आइसकेपछि अब कोभिड अस्पताल निर्माणमा पहिलेजस्तो जोड दिनु नपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो। ‘कोभिड १९\’ अब त्यसैगरी फैलिइरहन सक्दैन । हामी सरसफाइ, खानपिन, मास्कमा सजक भएका छौं । त्यसैले आज मान्छे हिजोभन्दा बढि सतर्क छन् । त्यसैले अब कोभिड अस्पतालमा धेरै ध्यान दिइराख्नु पर्दैन,’ वहाले थप्नुभयो, ‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो । जसले पनि कोभिडै बोकेर हिँडेको छ कि जस्तो भान हुन्थ्यो । अब कसैलाई छ भने पनि केही छैन । सामाजिक दुरी कायम राख्नु, पर्यो मास्क लगाउनु पर्‍यो, खोप लगाउनुपर्‍याे ।’

प्रमको आजको बाचाबाट जनतामा एक खालको आशा जगाएको भए पनि भरोशा गरिहाल्ने बाताबरण भने बनिसकेको देखिदैन।