– घनश्याम भुसाल
इतिहासमा बेलाबेला यस्ता समय आउँछन्। बेलाबेला यस्तो आवश्यकता भइदिन्छ। यो जनसभामा केही अघि गाइएको गीतमा जस्तैआम नागरिकले स्वभिमान, इज्जत र प्रतिष्ठाका लागि उभिनुपछर्ने र आफ्नो मूल्य खोज्नुपर्ने हुन्छ। लाखौं जनताको जीवन केही होइन तरतानाशाहको जीवन सबैथोक हो। लाखौँ करोडौँ जनताको स्वभिमान र प्रतिष्ठा केही होइन बरु केही मान्छेका मनमौजी, इच्छा, तिनकानाम, तिनका सपनाचाहिँ महत्वपूर्ण हुन् भन्दै जब इतिहसका प्रेत बौरेर आउँछन्, त्यतिखेर आम नागरिकले जीवनको मूल्य खोज्नुपर्ने हुन्छ।
हाम्रो दुर्भाग्य, आफ्नै पार्टीको अध्यक्ष, हामीले नै चुनेको प्रधानमन्त्रीले अहिले चुनौती खडा गर्दैछ। कुनै राजा वा राणाले होइन। हामीआफैंले चुनेको प्रधानमन्त्री र अध्यक्ष अहिले भन्दैछ–तिम्रो जीवन केही होइन, देशवासीको जीवन केही होइन। उ भन्दैछ–संविधानमा जेलेखिएको छ, त्यो केही होइन। स्वतन्त्रता र लोकतन्त्र केही होइन। केवल मै हुँ भनेर कमरेड केपी ओली ओली अघि आउनुभयो।प्रधानमन्त्री पद र सत्ताका साथ असंवैधानिक हिसाबले जब उहाँ आउनुभयो, उहाँले दुनियलाई लल्कार्नुभयो, दुत्कार्नुभयो। त्यसपछिहामीले उठ्नैपर्ने भयो र हामी नागरिक जीवनको अर्थ खोज्न तपाईं, जनताका अघि आएका छौँ। हामी उठ्नैपर्ने र अगाडि आउनुपर्ने भएकोहुनाले तपाईंका अगाडि आएका छौँ।
इतिहासका प्रेत बौरिए
प्रेत बेलाबेला उकल्चिन्छ। निरंकुशताको प्रेत फेरि उकल्चिएको छ। र, दुनियाँको सामुन्ने हामीलाई एउटा प्रश्न खडा गरिदिएको छ। अबहामीसँग कुनचाहिँ बाटो जाने भन्ने प्रश्न छ। ओलीको बाटो एउटा बाटो हो। त्यो बाटो संविधानको हत्या, अस्थिरता, अशान्ति, बरवादी, जनताको सत्यनाश र मुलुकको सत्यनासको बाटो हो। ओली र उहाँका पक्षधरहरू अहिले त्यही कामका लागि अनेक उपाय निकाल्दैहुनुहुन्छ । र, ओलीलाई काम गर्न दिएनन् भन्दैहुनुहुन्छ। त्यो मात्रै होइन, कमरेड प्रचण्ड र माधवका कुरा पनि उठाइएका छन्। ओलीलेआफ्नो कर्तुत लुकाउनका लागि यी सबै कुरा गर्दैहुनुहुन्छ।
संविधानविरुद्ध गएर उहाँले जे गर्नुभयो, त्यसलाई लुकाउनका लागि, जनताको ध्यान अन्यत्र मोड्नका लागि षड्यन्त्र गरिएको छ रत्यसविरुद्ध हामी खडा भएका छौँ। सिंगो नेपाल खडा भएको छ। र, आज नेपाली नागरिकले आज आफ्नो जीवनको मूल्य खोज्नुपर्नेभएको छ। यस्तो हुन्छ, इतिहासमा यस्तो भएको छ। राणाले जनतालाई सोधका थिए, नेपालको बाटो हो कि राणाहरुको बाटो? पछिमहेन्द्रले सोधे, महेन्द्रको बाटो हो कि नेपाली जनताको बाटो? विरेन्द्रले पनि सोधेका थिए, पञ्चायतको बाटो कि नेपालको बाटो? ज्ञानेन्द्रले पनि सोधे ज्ञानेन्द्रको बाटो कि नेपालको बाटो? आज इतिहासका राणा र राजाहरूका प्रेतका रुपमा कमरेड ओली खडा भएरहामीलाई सोधे, ‘नेपालको बाटो कि ओलीको?’
र, हामीसँग दुईवटा बाटो छ। हाम्रो संविधानको रक्षा, स्वतन्त्रताको रक्षा, शान्ति र स्थिरतातर्फ जाने एउटा बाटो हो। र, यो सबै भत्काएरकमरेड ओलीका पछि लाग्ने अर्को बाटो हो। तर त्यसो हुन किम्मार्थ हुन दिइने छैन। सोही कारण हामी आन्दोलनमा खडा भएका छौँ।ओलीको कदम अब हार्ने कुरामा कुनै शंका छैन। त्यो कदम हार्छ र त्यसलाई हराइन्छ। सडकमा हराइन्छ र अदालतमा पनि हराइन्छ।हामीले यही कुरा सर्वत्र उठाउँदै आएका छौँ। फेरि, अर्को ओली नजन्माउने ग्यारेन्टी के हो, हामीले जनताका सामु यो पनि भन्नुपर्ने भएकोछ। हामीसँग असाध्यै धेरै सम्भावनाहरू थिए र ती सम्भावनाहरूलाई बरवाद पारेर कमरेड ओली जन्मिनसक्ने त्यस्तो के परिस्थितिबन्योे? त्यसको मूल्यांकन गर्दा हिजो हाम्रो पार्टीका अगाडि जुन जिम्मेवारी थियो, त्यसलाई हामीले पूरा गर्न सकेनौँ।
हाम्रा पनि कमजोरी भए
हाम्रा कमजोरीहरूका कारण पनि कमरेड केपी ओली अगाडि आउनुभयो। उहाँले पार्टीलाई समृद्धि र समाजजवादतर्फ लान दिनुभएन।लाखौँ गरीब किसान, मजदुर, सुकुम्बासी, महिला, अपाङग, विदेशबाट लास बनेर फर्किएका बाकसहरू, तिनका बा आमाहरु, तिनकाछोराछोरीहरू, तिनका नातेदारहरू, तिनको पक्षमा अगाडि बढ्न ओलीले दिनुभएन। उहाँले नेकपाको त्यो बाटो रोक्नुभयो। नेकपा रसरकारलाई कब्जा गरेर मुलुकलाई ओलीले जतातिर लैजान खोज्नुभयो, विवाद त्यहाँनिर थियो।
केही काम गर्न नदिइएको भनेर उहाँले आरोप लगाउनुभयो। तर केवल यो मात्रै कुरा हो कि ओलीले मुलुकलाई बर्बाद पार्न खोज्नुभयो।जबकि पार्टी जानुपर्ने अन्यत्रै थियो। पार्टी नेतृत्वले लिनुपर्ने बाटो त्यो समृद्धि, समानता र समाजवादको बाटो थियो । कमरेड ओलीलेत्यसो गर्न नदिएपछि त्यसमा तानातान भयो। कमरेड ओलीले जनतासँग विकास, निर्माण र समृद्धिका अनेकौं वाचा गर्नुभयो, तर उहाँएक्लैले त्यो पूरा गर्न गर्न सक्नुभएन। मनमौजी तरिकाले पूरा गर्न सक्नुभएन। त्यसो गर्न उहाँले पार्टीलाई साथमा लिनुपर्थ्यो, संसदलाईसाथमा लिनुपर्थ्यो तर उहाँले त्यो सक्नुभएन । स्वयं पार्टीमा अल्पमतमा पर्नुभयो। अनि आफ्ना सारा असफलता लुकाउनका लागि उहाँलेसंसद विघटन गरेर देशलाई संकटमा हालिदिनुभयो।
यस्तो बनाउँछौं पार्टी
यसर्थ, आज हामी यहाँ खडा भएर, दुईजना अध्यक्ष कमरेडलाई साक्षी राखेर हामी भन्छौँ कि अबको पार्टी, यो हाम्रो पार्टी, हामीले निर्माणगर्दै गरेको पार्टी, कमरेड ओलीलाई छोडाइएको पार्टीलाई दलाल पूँजीवादी र विचौलियाका सन्तानहरूको पार्टी बन्न दिदैनौँ। राजनीतिभनेको चुनावका लागि हो, चुनावपछि चुनाव नै हो भन्ने ओली कथनलाई हामी सफल हुन दिँदैनौं। चुनावदेखि चुनावसम्मलाई जनताकोबहुदलीय जनवादको नाम जोडेर, मदन भण्डारीको नाम जोडेर आज जुन नाटक गरिँदैछ, त्यो नाटक हामी चल्न दिँदैनौं। यसर्थ, हामी हाम्रोपार्टीलाई समस्त श्रमिक, राष्ट्रिय पूँजीपति, बुद्धिजिवी, महिला, दलित, जनजाति, मधेशी र मुसलमानलगायत साराको पार्टी बनाउछौँ।यदि त्यसमा हामीले कहिँकतै कुनै कसर बाँकी राख्यौँ भने आज ओली कमरेडविरुद्ध जसरी जनता उठेका छन्, यसैगरी जनता उठ्नुपर्छभन्ने कुरा हामी आफैंले पनि घोषणा गर्न यहाँ आएका हौँ।
यसर्थ, ओली कमरेड अब हार्नुहन्छ। धेरै तर्कहरूमा उहाँ हारिसक्नुभएको छ। उहाँको कदम असंवैधानिक थियो। अहिले जेजति प्रमाणहरूजुटेका छन्, ति प्रमाणहरूले बताउँछन कि उहाँको कदम असंवैधानिक छ। उहाँको कुरा अब कसैले पत्याउँदैन। यसैपनि पत्याउने छैनन्।उहाँ अहिले दुई तिहाई चाहिएर मैले संसद विघटन गरिदिएको हुँ भन्दै हुनुहुन्छ। जुन व्यक्ति, जुन प्रधानमन्त्री आफ्नै पार्टीभित्र दुईतिहाईभन्दा कम भोटको क्षमता राख्छ, एक तिहाई पनि आफ्नो पार्टीभित्र ल्याउन सक्दैन, त्यति पनि समर्थन नहुनेले दुनियाँका सामू दुईतिहाईकोके नाटक गर्नु ? ओली अहिले जुन नाटक रच्दै हुनुहुन्छ, यो कुराको हामी भण्डाफोर गर्छौँ।
कमरेड ओलीको कदमलाई हामी घुँडा टेकाउछौँ। उहाँलाई ठेगानमा लगाउँछाँ र हामी अब पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउछौँ। योकबुल गर्छौं कि अब हामी त्यस्तो पार्टी हुँदैनौँ। अघि पनि मैले भनें, दलाल पूँजीवादका सन्तानहरूको हुनेछैन हाम्रो पार्टी । म यो कबुल गर्दैविदा हुन्छु। धन्यवाद, नमस्ते।
( २०७७ माघ १५ मा बुटवलमा प्रतिगमनविरुद्ध आयोजित नेकपाको जनसभामा नेकपा स्थायी समिति सदस्य भूसालले दिएकोमन्तव्य।)














