पार्टी एकता गर्दा मजदुर र किसानको समृद्धिको सपना देखेका थियौंः प्रचण्ड

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठवन्धन र पार्टी एकतापछि मजदूर र किसानको समृद्धिको सपना देखेको बताउनु भएको छ । किसानलाई आधुनिक प्रविधिसँग कृषि क्षेत्रको विकासका बारेमा योजना तर्जुमा गर्ने बारेमा आफूहरुले कार्ययोजना बनाएको उहाँको धारणा थियो । गत शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै…

1 मिनेट

पढ्ने समय

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठवन्धन र पार्टी एकतापछि मजदूर र किसानको समृद्धिको सपना देखेको बताउनु भएको छ । किसानलाई आधुनिक प्रविधिसँग कृषि क्षेत्रको विकासका बारेमा योजना तर्जुमा गर्ने बारेमा आफूहरुले कार्ययोजना बनाएको उहाँको धारणा थियो । गत शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्र मिलेर नेपालमा समाजवादको आधारशीला खडा गरिने बारेमा पनि योजनामा रहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार निर्मूल र सुशासनको प्रत्याभूति दिलाउने आफूहरुले सोचेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर आज हाम्रै आँखा अगाडि आफ्नै पार्टी भित्र घुसेका प्रतिक्रियावादी एजेण्टले निर्ममतापूर्वक जनताको सार्वभौम अधिकारमाथि हमला गरेका छन् ।”

उहाँले केपी ओलीले संसद विघटन गरेको नभई संविधान विघटन गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “७० वर्षदेखि लोकतन्त्रवादी र कम्युनिष्टहरुले लडेर ल्याएको लोकतन्त्रमाथि हमला गरिएको हो । यो सार्वमौम नेपाली जनतामाथिको हमला हो ।” उहाँले यसको प्रतिकार गर्नु सबैको ऐतिहासिक जिम्मेवारी भएको बताउनुभयो ।

अध्यक्षले ओली सरकारको अब वैधानिकता नभएको भन्दै ओलीले आफ्नै खुट्टामा बञ्चरो हानेको बताउनुभयो । ओलीको यो कदम कलंकको टीका भएको भन्दै यसलाई इतिहासमा कलंकको टीकाको रुपमा सम्झने बताउनुभयो । अध्यक्षले जरुरी पर्यो भने संसद् बैठक बसेर अपराधीलाई कारवाही गर्ने चेतावनी दिनुभयो ।

“जरुरी पर्यो भने संसद् बैठक बस्छ । अपराधीलाई कारवाही गर्छौं । त्यो अधिकार संसद्लाई छ । संसद् विघटन गर्ने अधिकार संविधानमा छैन । तर, सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच