आन्दोलनको कार्यक्रम सकेर घर फर्कदै गर्दा प्रहरीद्वारा निर्घात कुटपिट
अनेरास्ववियूले काठमाडौंको नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुमाथि कुटपिट गरेको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटाईबाट अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्की घाइते भएका छन् । विरोध कार्यक्रम सकिएर फर्कने क्रममा गिरफ्तार गरी प्रहरीले कुटपिट गर्दा घाइते भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् । प्रहरीको कुटाईबाट कार्कीको आँखा…
अनेरास्ववियूले काठमाडौंको नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुमाथि कुटपिट गरेको छ ।
विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटाईबाट अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्की घाइते भएका छन् ।
विरोध कार्यक्रम सकिएर फर्कने क्रममा गिरफ्तार गरी प्रहरीले कुटपिट गर्दा घाइते भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।
प्रहरीको कुटाईबाट कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।
कार्कीमाथि भएको कुटपिटको विरोध गर्दै सहसंयोजक भट्टराईले घोर निन्दा गरेका छन् । कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।
यस्तो छ सहसंयोजक भट्टराईको विज्ञप्ति
असंवैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमान्डौको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कने क्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रिय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौ । आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौ ।योगेश भट्टराईसहसंयोजककेन्द्रिय संघर्स समिती२०७७–१०–१९
TKG- त्रिकाल ज्ञानमार्ग वैदिक ज्योतिष परामर्श सेवा हो, जहाँ प्राचीन वैदिक ज्ञान र आधुनिक जीवनका आवश्यकतालाई जोडेर जीवन मार्गदर्शन प्रदान गरिन्छ।
जन्मकुंडली विश्लेषण, विवाह मिलान, करियर मार्गदर्शन, विदेश अध्ययन तथा यात्रा योग सम्बन्धी परामर्श हाम्रो प्रमुख सेवा हो।
हाम्रो उद्देश्य भाग्य परिवर्तन गर्नु होइन, सही समय र सही निर्णयतर्फ मार्गदर्शन गर्नु हो।
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।