राजनैतिक संकट, संवैधानिक द्विविधा र सेनाको बख्तरबन्ध गाडिको चक्रपथ परिक्रमा।

काठमाडौँ —देशमा राजनैतिक तरलता र संबाधानिक द्विबिधाको अवस्था रहेकै अवस्थामा नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति दस बजेपछि काठमाडौंको चक्रपथमा चक्कर लगाएका छन् । सेनाले यसलाई नियमित अभ्यास योजना अनुसार नै बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको कुरा स्पष्ट पारे पनि सर्वसाधारण र सत्तापक्ष ईतर राजनैतिक शक्तिहरुले सेनाको यो अभ्यासलाई आ आफ्नै ढंगले हेरेको र ब्याख्या गरेको पाईएको छ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो । सेनाले आवश्यकताअनुसार बेलाबखतमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ । त्यस्तै ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।