नेपाल र कतारबीच हुने भनिएको टी–२० शृंखला स्थगित

नेपाल र कतारको राष्ट्रिय क्रिकेट टिमबीच हुने भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमै फेब्रुअरी ९, १० र १२ मा हुने तय भएको थियो । अन्तिम समयमा आएर कोरोना महामारीका कारण शृंखला स्थगित गर्नुपरेको पत्र कतार क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।…

1 मिनेट

पढ्ने समय

नेपाल र कतारको राष्ट्रिय क्रिकेट टिमबीच हुने भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमै फेब्रुअरी ९, १० र १२ मा हुने तय भएको थियो ।

अन्तिम समयमा आएर कोरोना महामारीका कारण शृंखला स्थगित गर्नुपरेको पत्र कतार क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान)लाई पठाएको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
उनले भने, “कोरोना महामारीका कारण तत्कालका लागि स्थगित भनेर भनिएको छ । थप कुरा पछि जानकारी होला ।”

शृंखलाकै लागि नेपाल क्रिकेट संघ (क्यान)ले १८ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । शृंखला नहुने भएपछि बन्द प्रशिक्षणसमेत नहुने भएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच