‘खलपात्रको विरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता मिचियो ?’ – राम कुमारी झॅाक्रि ( भिडियो सहित )

काठमाडौं, २८ माघ । प्रतिगमन विरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यरामकुमारी झाँक्रीले एकजना खलपात्र विरुद्ध बोल्दा महिला अस्मिता मिचियो भनेर दाबी गर्नु गलत हुने बताएकी छिन् । राष्ट्रपतिविद्यादेवी भण्डारी इतिहासको खलपात्र भएको आरोप लगाउदै झाँक्रीले सोधिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिलाअस्मिता मिचियो भनेर ?’ बुधबार काठमाडौंमा आयोजित…

1 मिनेट

पढ्ने समय

काठमाडौं, २८ माघ प्रतिगमन विरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यरामकुमारी झाँक्रीले एकजना खलपात्र विरुद्ध बोल्दा महिला अस्मिता मिचियो भनेर दाबी गर्नु गलत हुने बताएकी छिन् राष्ट्रपतिविद्यादेवी भण्डारी इतिहासको खलपात्र भएको आरोप लगाउदै झाँक्रीले सोधिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिलाअस्मिता मिचियो भनेर ?’

बुधबार काठमाडौंमा आयोजित प्रचण्डमाधवसमूहको विरोध सभामा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारी अहंकारी सन्की प्रधानमन्त्रीकोप्यादा बनेको दाबी गरिन् यसअघि प्रधानमन्त्री केपी शर्मा ओली निकट महिला नेतृहरुले झाँक्रीले महिला अस्मिता विरुद्ध बोलेको भन्दैबिरोध गरेका थिए राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै भन्नेहरुलाई सोधिन्, ‘तानाशाह बन्दै गरेकोअहंकारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ यहाँ महिला अस्मिताको प्रश्न कसरी आयो ?’

अखिल नेपाल महिला संघलाई राष्ट्रपति भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको दाबी गरिन् राष्ट्रपतिको बचाउमा उत्रिनेमहिला संघ बलात्कृत भागरथी भट्ट, निर्मला पन्तहरुको बारेमा नबोलेको बताइन् सोधिन्महिला अस्मिता त्यहाँ बलात्कृत भएको जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको मलाई जन्न मन , भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन्?’

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको बताइन् भनिन्, ‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् ती ढलिसक अब अन्तिम घोषणा गर्न बाँकी जबबादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् ओलीले त्यहिगरेका छन् यो अधोगति हो।नेतृ झाँक्रीले सर्वोच्च अदालतले संविाधान कानुन अनुसार फैसला गर्ने विश्वास आफूहरुलाई रहेकोबताइन्

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच