बाईडेन र सि पिगं बिच राष्ट्रपतिको रुपमा पहिलो टेलिफोन संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ। समाचार संस्था एएफपीका अनुसार उनीहरूबीच केही समयअघि कुराकानी भएको हो।  जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको हो।  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको…

1 मिनेट

पढ्ने समय

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ।

समाचार संस्था एएफपीका अनुसार उनीहरूबीच केही समयअघि कुराकानी भएको हो। 

जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको हो। 

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको व्यापार युद्ध जारी रहेका बेला यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो छ। त्यसैले यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ।

बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा के-के छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। 

यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको बताएका थिए। बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका थिए।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच