रामकुमारीको गिरफ्तारी सरकारलाई धेरै महँगो पर्ने छ : ठाकुर गैरे

नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि एक पटक फेरि नेपाली राजनीतिक वृत्त तरंगित भएको छ। रामकुमारीलाई शंखमुलस्थित उनकै निवासबाट बिहीबार पक्राउ गरिएपछि सबैभन्दा धेरै दाहाल-नेपाल नेकपा आक्रोशित भएको छ। \’ओलीको यो कदम पराजित मानसिकताको उपज हो । सरकार पराजित हुँदै गएको संकेत हो। रामकुमारीलाई राज्यविरूद्धको कसुर लगाउँदै गर्दा गणतन्त्र ल्याउन लडेको एउटा…

1 मिनेट

पढ्ने समय

नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि एक पटक फेरि नेपाली राजनीतिक वृत्त तरंगित भएको छ। रामकुमारीलाई शंखमुलस्थित उनकै निवासबाट बिहीबार पक्राउ गरिएपछि सबैभन्दा धेरै दाहाल-नेपाल नेकपा आक्रोशित भएको छ।

\’ओलीको यो कदम पराजित मानसिकताको उपज हो । सरकार पराजित हुँदै गएको संकेत हो। रामकुमारीलाई राज्यविरूद्धको कसुर लगाउँदै गर्दा गणतन्त्र ल्याउन लडेको एउटा व्यक्तिमाथि लज्जाबोध हुने कुरा हो\’, उनले फरकधारसँग भने, \’रामकुमारीलाई तत्काल रिहा गरिनुपर्छ।\’

गैरेले पुस ५ को असंवैधानिक कदमका कारण संविधान बमोजिम देश चल्ने सम्भावना सकिँदै गएको बताउँदै उनले आन्दोलनमा जनताको सहभागिताले ओली आत्तिएको उल्लेख गरे।
\’आजको घटनाबाट सरकार थप उछृंखल बन्न खोजेको पुष्टि भएको छ। सरकारले कसैको पनि बोली बन्द गर्न खोजेर बन्द हुँदैन\’, उनले भने, \’यो घटना सरकारको आयु सकिँदैछ भन्ने हो।\’

उनले ओलीले पनि ज्ञानेन्द्र शाहले शाहीकालमा गरे जस्तै अभ्यास गर्न खोजेको बताए। \’यो त शाहीकालको अभ्यास जस्तो भयो। गणतन्त्रको पक्षमा लड्दा शाही आयोग र शाही नेपाली सेना मिडिया हाउस कब्जा गर्दै बसेका थिए\’, उनले भने, \’तर जनविरोधी ती कामले पनि ज्ञानेन्द्रलाई बचाउ गरेन। रामकुमारीविरुद्धको यो कदम पनि ओली नेतृत्वको सरकारलाई धेरै महँगो पर्ने छ।\’

नेता गैरेले रामकुमारीको गिरफ्तारीबारे दिएको विस्तृत भिडियो विचार केहि समयमा अपडेट गरिनेछ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच