आखिर सत्यको जित भयो, प्रतिगमन झुक्यो – राम कुमारी झॅाक्रि

बिहिबार दिउसो १ बजे आफ्नै निवास काठमान्डौको शंखमुलबाट पक्राउ परेर सॅाझ रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुकेको बताएकी छन् । उनले आफुलाई गिरफ्तार गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको समेत बताइन् । आफ्नो रिहाईको लागि कुनै शर्त नराखिएको र निशर्त रिहाई भएको प्रष्ट्याउदै नेतृ झॅाक्रिले भनिन, ‘देशव्यापी दबाबको अगाडि प्रंतिगमन झुक्ने…

1 मिनेट

पढ्ने समय

बिहिबार दिउसो १ बजे आफ्नै निवास काठमान्डौको शंखमुलबाट पक्राउ परेर सॅाझ रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुकेको बताएकी छन् । उनले आफुलाई गिरफ्तार गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको समेत बताइन् ।

आफ्नो रिहाईको लागि कुनै शर्त नराखिएको र निशर्त रिहाई भएको प्रष्ट्याउदै नेतृ झॅाक्रिले भनिन, ‘देशव्यापी दबाबको अगाडि प्रंतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ, ‘हामीले जित्दै छौँ ।’ 

झाँक्रीले महाशाखामा आफूलाई सोधपुछका लागि उच्च राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ल्याएकोसमेत प्रष्ट पारेकी छन् । ‘मलाई अपराध महाशाखामा शोधपुछका लागि ल्याइएको थियो । यहाँ मेरोविरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन’, उनले भनिन् , ‘राजनीतिक प्रतिशोधका आधारमा सरकारले  प्रहरी प्रशासनमा प्रत्यक्ष दबाब बढाएर नियन्त्रणमा लिने प्रयास गरेको रहेछ ।’

उनले प्रतिगमनविरुद्धको आन्दोलनमा देशव्यापी रुपमा आफ्नो उपस्थिति देखाएर आन्दोलनलाई उचाईमा पुर्याउने प्रयास गर्दा राज्यले गिरफ्तारी गरेको उनको आरोप छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच