माघ २८ गते, बुधबार नेपालि बजारमा सुनचाँदीको मूल्य स्थिर रह्यो। मंगलबार एकैदिन तोलामा एक हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने मंगलबारकै मूल्यमा कारोबार भएको थियो।
बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ र तेजावि सुन प्रतितोला ९१ हजार ३९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको वेवसाईटमा जनाईएको छ।
चाँदीको भाउ पनि बुधबार स्थिर रहेर प्रतितोला एक हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने सुन तथा चाँदीको मूल्य वृद्धि भइरहेको छ। बुधबार सो बजारमा सुन प्रति अउन्स चार डलरभन्दा बढिले बढेर प्रति अउन्स एक हजार ८४२ डलरमा खरिदबिक्री भएको थियो। सुनचॅादिको कारोबारमा अन्तर्राष्ट्रिय मुल्यको प्रत्यक्ष प्रभाव पर्ने भएकोले नेपालि बजारमा पनि आज बिहिवारको भाउमा बृद्धि हुन सक्ने अनुमान गरिएको छ।














