म्याग्दी जिल्लाबाट विश्वका बिभिन्न देशहरुमा गइ बिभिन्न पेशा ब्यबसाय र रोजगारी गरि बस्दै आएका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको म्याग्दी प्रवासी नेपालि संघ (MONA) अन्तर्राष्ट्रिय कार्यसमितिको छैटौ साधारण सभा १२ फेब्रुअरी २०२१ शुक्रबारका दिन भर्चुअल प्लेटफार्म जुम मार्फत सम्पन्न भएको छ। विश्व भरीका म्याग्देलीहरुको सहभागिता रहेको उक्त साधारण सभा नेपालि समय अनुसार शुक्रबार साँझ ४ बजे शुरु भएर ११ बजे सम्पन्न भएको थियो।
मोना आइइसिका अध्यक्ष ओम नारायण जुग्जालिको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अथिति मोना आइइसिका प्रमुख संरक्षक चक्र बहादुर थापा रहनुभएको थियो भने बिशिष्ट अतिथिहरुमा संस्थाका संरक्षकहरु प्रकाश पुन, योगेन्द्र क्षेत्री, सुवास कुमार श्रेष्ठ, तुल्म राम्जाली, शिव कुमार बरुवाल तथा बिनोद कुवर लगायतका विशिष्ट व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो। संस्थाका महासचिव बिक्रम कार्कीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा अतिथिको रुपमा मोना आइइसिका सल्लाहकारहरु योगकुमार फगामी, टिका गुरुङ्ग, ददिवल खड्का, लाल केसी, मोहन थापा, प्रेम रसाइली, घनश्यम शाही, लोकनाथ पौडेल, लोक राना र सम्पूर्ण राष्ट्रिय समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय गानको साथमा शुरु भएको कार्यक्रम संस्थाका उपाध्यक्ष मिम पुर्जाको स्वागत मन्तब्य संगै अघि बढेको थियो भने सभामा मन्तब्य ब्यक्त गर्ने सम्पूर्ण बक्ताहरुले मोना आईइसिले जिल्लाको बिकाश निर्माण र दैविक प्रकोप लगायतका आपतविपतको समयमा पुर्याएको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो। गत बर्ष आएको बाढी पहिरोबाट क्षतविक्षत भएका म्याग्दी जिल्लाका विभिन्न बस्तिहरुमा पुन:निर्माणको काममा सक्रिय रुपमा लागेको मोनाले पुर्याएको योगदानको प्रशंसा जति नै गरे पनि कमि नै हुने कुरामा बक्ताहरुले जोड दिनु भएको थियो।
साधारण सभाले हाल जिल्लामा संचालन भैरहेको पुन:निर्माणको कामलाई अझै शसक्त र प्रभावकारी रुपमा अगाडी बढाउन सम्पूर्ण शक्ति लगाउने, मोना बिस्तार हुन बाकि रहेका देशहरुमा जति सकेको छिटो संस्था बिस्तारको कामलाइ अगाडी बढाउने, बिदेशमा आर्जन गरेको सिप र पुजीलाई जिल्लामा भित्र्याउन र स्थापित गर्न तुरुन्तै सामुहिक लगानीको अवधारणामा बिभिन्न उधोग, ब्यबसाय र कृषि क्षेत्रमा लगानी बढाउदै रोजगारीका अवसरहरु श्रीजना गर्ने, संस्थाको आर्थिक पारदर्शितामा बिशेष ध्यान र जोड दिनु पर्ने, मोनाका गतिबिधि र क्रियाकलापहरुलाई प्रचारप्रसार तथा ब्यबस्थापन गर्न शुरु गरिएको वेवसाइटलाई थप ब्यबस्थित तथा चुस्त दुरुस्त बनाउन जोड दिने, बिभिन्न उपसमितिहरुलाई थप सक्रिय बनाउने तथा संस्थाको विधानमा केहि कमीकमजोरी र त्रुटिहरु छन भने त्यसलाई संशोधन गर्नको लागि सुझाव संकलन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु पारित भएको कुरा संस्थाका महासचिव बिक्रम कार्कीले घोरेपानीअनलाइलाइ बताउनुभयो।
साधारण सभाको समापन गर्दै सभाका सभापति तथा मोना आइइसिका अध्यक्ष ओम नारायाण जुग्जालिले मोनामा आबद्ध रहेर र आबद्ध नरहिकन पनि जिल्लाको बृहत्तर हितको पबित्र अनि महान कार्यमा हातेमालो गर्ने विश्वभरि छरिएर रहनुभएका सम्पूर्ण म्याग्देली दाजुभाइ दिदीबहिनिहरुमा धन्यबाद तथा आभार व्यक्त गर्नुभएको थियो।














