संसद बिघटन र कांग्रेशको अबको प्राथामिकताको बारेमा के भन्छन त युवा नेताहरु ( भिडियो सहित )

  • एक दिन भए पनि संसद सुचारु गरिनुपर्छ र बरु संसदबाट नै संबैधानिक तरिकाले फेरी चुनाव घोषणा गर्न सकिन्छ।
  • नेपाली कांग्रेशले सुशील कोइरालालाइ संविधानका पिता भन्दै गर्दा संविधानको रक्षा नै अहिलेको प्रमुख आवास्यकता हो।
  • संबिधान नै नरहे त्यहि संबिधान अनुसार बनेको अदालत र अदालतको निर्णय जनताले मान्ने पर्छ भन्ने नै छ र ?
  • हिजो प्रधानन्यायाधिश शुसिला कोइरालाई महाभियोग लगाउने शेर बहादुर देउबाको अहिले आएर अदालतको सम्मान गर्नुपर्छ भन्ने भनाइ नै आधारहीन र नैतिकतारहित भनाइ हो।
  • नेकपाको विभाजन भएको अवस्थालाइ सुनौलो मौका मानेर कांग्रेसले चुनाव जित्छ भन्ने भ्रममा पर्नु नेपालि कांग्रेशको लागि आत्मघातक हुन सक्छ। नेपालि जनता अहिले पनि रोग भोक र अभावमा बाँचेका छन।
  • नेपालि कांग्रेश अब आफ्ना एजेन्डामा प्रष्ट हुनु पर्छ। यो श्रीमती मेरी होइनन वा यिनीसंग मेरो कुनै सम्बन्ध छैन तर यिनीबाट जन्मिएको सन्तान चाहि मेरै हो भने जस्तो ब्यबहार नेपालि कांग्रेशले गर्न सक्दैन। संसद बिघटन गैर संबैधानिक होइन पनि भन्दै गर्ने अनि संसद सुचारु नभए पनि मान्छौ र चुनावमा जान्छौ भन्न सुहाउदैन।
  • संसद सुचारु भए पनि वा चुनाव हुने भए पनि ठिक भनेर ढुलमुले र द्वैध चरित्र देखाउन नेपालि कांग्रेश जस्तो यति लामो इतिहाँस र प्रतिष्ठा भएको पार्टीलाई सुहाउने कुरा होइन।