प्रजातन्त्र दिवसको उपाहार, ओली समर्थक ज्यान मुद्धाका दोषिहरुले पाए आममाफि

काठमाडौँ – नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाह गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह दिएकी हुन् ।…

1 मिनेट

पढ्ने समय

काठमाडौँ – नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाह गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह दिएकी हुन् । मन्त्रिपरिषद्को‌ सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो ।

छुट पाउनेमा २०६८ सालको पुसमा जिल्ला कारागार चितवनभित्र तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी पनि छन्।

सरकारको सिफारिसमा आम माफी पाउने तीनैजना नेकपाको ओली खेमा समर्थक हुन् ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरेर त्यसको निन्दा गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाह गरी उनीहरुलाई आममाफी दिइएको प्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गइरहेको प्रष्ट भएको छ ।

यसको विरोधमा विरोधका कार्यक्रम गरिने पनि तरुण दलले जनाएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच