पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रधानमन्त्री केपी ओलीले संघीयताविरूद्धका गतिविधि गरिरहेको आरोपलगाएका छन्। गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
सिंहदरबारबाटै संघीयताविरोधी गतिबिधि भैरहेकाले प्रधानमन्त्री ओलीले समेत संघीयता नबुझेको उनले आरोप लगाएका हुन्। यसअघिपनि संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि यस्तो आरोप लगाएका हुन्।
संघीयताको खास कार्यान्वयनमा प्रधानमन्त्रीदेखि बालुवाटारमा बस्नेहरूनै बाधक बनेको उनको भनाइ थियो। काठमाडौंको ‘माइन्डसेट’लेआफूलाई काम गर्न नदिएको उनले दाबी गरे। उनले अहिलेसम्म संघीय सरकारबाट सोचेजस्तो सहयोग कहिल्लै नपाएको गुनासो समेतगरे।
प्रदेश सरकार गठन गर्दादेखि नै सोचेजस्तो प्रभावकारी सहयोग संघीय सरकारबाट नपाएको गुरूङले बताए। संघीयता कार्यान्वयनमाजहाँ पनि संघीय सरकारले नै भाँजो हालेको भन्दै एउटा मन्त्रालयको उदाहरण बताएका थिए। जनताको साथ र समर्थन हुँदाहुँदै पनि धेरैकाम गर्न नसकेको गुरुङले बताए।














