मोना कतारका अध्यक्षद्वारा सम्पर्कबिहिन भएका भनिएका खिम केसि संग भेट

बिगत केही दिन देखी सामाजिक संजाल तथा मिडिया (Kapurbot tv) मार्फत निकै चर्चा पाएको र लामो समयदेखि परिवार तथा आफन्तहरुसंग सम्पर्क बिहिन रहेका भनिएका म्याग्दी जिल्ला रघुगंगा गाउपालीका वडा न ०२ का खिम केसी संग म्याग्दी प्रवासी नेपालि संघ ( MONA) कतारका अध्यक्ष तिलु शर्मा पौडेलले प्रत्यक्ष भेटेर कुराकानि गरेका छन।

बिगत १५ बर्षदेखी कतारमा मजदुरी गर्दै आएका खिम केसिले परिवारको कुनै रेखदेख नगरेको, छोराले बाउको मुख समेत देख्न नपाएको लगायतका बिषयहरु सहित उनकी श्रीमति मिडियामा आएपछि भिडियो एकाएक भाईरल भएको थियो।

मोना कतारका अध्यक्षसंगको कुराकानिमा केसिले केही महिनादेखि पकिवारसंग फोन सम्पर्क नभएको र पैसा पनि पठाउन नसकेको कुरा कुरा साथिहरुमाझ स्विकार गरे। उनले कोरोनाका कारण कमाईमा ह्रास आएको र बचत गर्न नसकेको कुरा स्विकार गरे पनी भिडियोमा आए जस्तो परिवारको वेवास्तै गरेको भन्ने कुरामा सत्यता नरहेको बताए। शर्मासंगको कुराकानिकै क्रममा केसिले अबको केही समयमै नेपाल फर्कने तयारी गरिरहेको कुरा समेत बताए।

खिम केसिसंगको भेटपछि शर्माले भने,  ‘ पारिवारीक खिचातानी सबैको हुन्छ र मिडियामा आएका सबै कुरा सत्य नहुन पनी सक्छन ।मिडीयाको भिडियो, खिम जि को परिवारको ईज्जत र ति बालबालीका प्रति उहॉको चिन्ताले बास्तवमै मन छोयो । यो संसारमा कमजोरीरहित मानिसको परिकल्पना म गर्न सक्दिन ।’

\"\"कपुरबोट टिभिमा आएको खिम केसिकि श्रीमति र छोरासंगको कुराकानि यस्तो छ: