अर्बौको युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन् । बिहीबारपक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

\"\"

निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोरनगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी हिजै महानगरीय प्रहरीपरिसरको हिरासतमा पठाइएको छ । अभियुक्तहरूउपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयलेजनाएको छ ।

अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ।