कतारको जनस्वास्थ्य मन्त्रालयले हिजो अर्थात ८ जुलाई २०२१ मा जनाए अनुसार १२ जुलाई २०२१ बाट लागू हुने गरि क्वारेन्टाइनसम्बन्धि नयाँ नियमको नियमको ब्यबस्था गरेको छ। नॅया ब्यबस्था अनुसार कतारद्वारा मान्यता प्राप्त दुवै डोज भ्याक्सिन लगाएकाहरुलेअब क्वारेन्टाईन बस्न नपर्ने भएको छ।
के के छन त नॅया नियमका प्रावधान र बिषेशताहरु:
१. कतारमा कोभिड विरुद्धको भ्याक्सिनको दुवै डोज लगाइसकेका र हाल नेपालमा भएका सबैले र अब दुवै डोज लगाएर नेपालफर्किन लाग्नु भएकाहरुले कतार फर्कदा होटेल वा होम क्वारेन्टाइन बस्नु नपर्ने नियम १२ जुलाइ २०२१ बाट लागू हुने भएको छ।
२. यसैगरी कतारमा मान्यता प्राप्त कुनै पनि भ्याक्सिन जस्तै फाइजर,मोर्डेना,जोन्सोन एन्ड जोन्सोन,एस्ट्राजेनिका नेपालमा लगाउनुभएको छ भने पनि क्वारेन्टाइन बस्नु पर्दैन।
३. पछिल्लो ९ महिनाको अन्तरालमा कसैलाइ कोरोना संक्रमण भएको तर उसले कतारमा मान्यता प्राप्त खोपको १ डोज मात्रैलगाएको छ भने पनि उसले होटेल क्वारेन्टाइन बस्नु पर्दैन।
४. तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको एक अथवा दुवै डोज (जस्तै सिनोफर्म,भेरोसेल,कोभिसिल्ड आदि) लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्ने छ।
५. नेपाललाई कतारले हाल सम्म पनि रेड जोनको सुची मै राखेको हुनाले अन्य ग्रीन जोनमा भएको मुलुक बाट कतार प्रवेश गर्नचाहेमा सोही मुलुकमा १० दिन होटेल क्वारेन्टाइन बसेर आएको प्रमाण पेश गरे मात्र कतार प्रवेशको अनुमति दिइने छ अन्यथाप्रवेशमा रोक लगाइने छ।
६. कतार आइसके पछि क्वारेन्टाइन बस्नु नपर्नेहरुको पनि कतारको हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा गरिने पि सि आर टेष्ट भने अबपनि गरिने छ।
७. आफू नेपाल बाट कतार फर्किंदा १२ घण्टा अगाडि www.ehteraz.com.qa मा आफ्नो यात्रा रजिस्टर गर्न भने नबिर्सनु होला।
८. १२ जुलाई बाट कतारको निम्ति भिजिट भिषा,फेमिली भिषा र पर्यटक भिषा पनि खुल्ला गरिने जनाइएको छ।सबै भिषा वाहकलेकतारमा मान्यता भ्याक्सिनको दुवै डोज लिएको हुनु पर्नेछ।कतारमा अमान्य भ्याक्सिनको एक अथवा दुवै डोज लगाएको खण्डमापनि कतार आइ १० दिन होटेल क्वारेन्टाइन बस्नु पर्ने छ।
९. ४ बर्ष देखि १७ वर्ष सम्मकाहरु जस्ले भ्याक्सिन लगाएका छैनन् उनिहरुले पनि होटेल क्वारेन्टाइन बस्नु पर्नेछ।
यद्यपि कतार फर्कदा ७२ घन्टा अगाडिको पि सि आर भने सबैको लागि अनिवार्य नै रहेको छ।














