मौद्रिक निति २०७८/७९ र शेयर बजारको अपेक्षा

– ईशारा कोईराला काठमाडौं : केन्द्रीय बैंक यतिबेला मौद्रिक नीति निमार्णको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवाला निकायले पनि धमाधम सुझाव दिइरहेका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका छाता संगठनहरुले केन्द्रीय बैंकलाई मौद्रिक नीतिका बारेमा सुझाव दिइसकेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी आर्थिक…

3 मिनेट

पढ्ने समय

– ईशारा कोईराला

काठमाडौं : केन्द्रीय बैंक यतिबेला मौद्रिक नीति निमार्णको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवाला निकायले पनि धमाधम सुझाव दिइरहेका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका छाता संगठनहरुले केन्द्रीय बैंकलाई मौद्रिक नीतिका बारेमा सुझाव दिइसकेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्प्रेड दर र सीसीडी रेसियो खारेज गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।

विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुका संगठनले पनि स्वतः रुपमा पुँजी वृद्धिको पक्षमा रहेर सुझाव दिएका छन् । यता, उद्योग व्यवसायीहरुको छाता संगठन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सले पनि आगामी मौद्रिक नीतिका बारेमा केन्द्रीय बैंकलाई सुझाव दिइसकेका छन् । उनीहरुले ब्याजदर र पुनर्कर्जामा विशेष जोड दिएका छन् ।

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले प्रभाव पार्ने क्षेत्र पुँजी बजारका लगानीकर्ताले पनि केन्द्रीय बैंकलाई मौखिक रुपमा सुझाव दिइसकेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । केन्द्रीय बैंक पुँजी बजारको प्रत्यक्ष नियामक नभए पनि यसले लिने नीतिले भने सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्छ । पुँजी बजारमा बैंक तथा वित्तीय क्षेत्रको प्रभुत्व छ । यसले पनि बजारमा बढी प्रभाव पार्छ ।

सेयर धितो कर्जा लगायतका नीतिले सीधा असर गर्छ । त्यही भएर केन्द्रिय बैंक पनि सजह हुनुपर्ने लगानीकर्ताको भनाई रहेको छ । रौनियारले भने, ‘हामीले केन्द्रीय बैंकका अधिकारी माझ मौखिक सुझाव दिइसकेका छौं । लिखित सुझाव भने दिन बाँकी रहेको छ ।’ पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड हो । धितोपत्र बोर्डले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरिरहेको छ ।

तथापि, मौद्रिक नीतिले पनि सेयर बजारमा ठूलो महत्व राख्ने भएकाले यस क्षेत्रका सरोकारवालाहरूले निकै चासोका साथ हेर्दै आएका छन् । सेयर बजारका अगुवा लगानीकर्तालेहरुले मौद्रिक नीतिले सेयर बजारमा नकारात्मक प्रभाव पार्न नहुनेमा जोड दिंदै आएका छन् । विगतका वर्षका अनुभवहरुलाई हेर्ने हो भने मौद्रिक नीतिको प्रत्यक्ष असर सेयर बजारमा देखिदैं आएको छ ।

पछिल्लो केही समययता सेयर बजारका लगानीकर्ता त्रासको अवस्थामा रहेकाले पुँजी बजारको लागि सहज किसिमको नीति ल्याउनुपर्ने फोरमका अध्यक्ष रौनियारले बताए । उनले भने, ‘अहिले बजारमा एक किसिमको त्रास देखिएको छ । यस्तो बेलामा आउने नीतिहरू अलि सहज किसिमको हुनुपर्छ ।’ अहिले सेयर लगानीकर्ताहरू ‘सफ्ट पोलिसी’को अपेक्षा गरिरहेको उनको भनाई छ ।

पछिल्लो समय जीडीपीमा पुँजी बजारको योगदान बढ्दै गएकाले यसप्रति केन्द्रीय बैंक सकारात्मक हुनुपर्ने उनको धारणा छ । साथै, पछिल्लो समय पुँजी बजारबाट महिनामै १ अर्ब रुपैयाँभन्दा धेरै पुँजीगत लाभकर उठेको उनले बताए । त्यसैले, अहिले भएको नीतिहरुलाई यथावत राखेर बजारलाई अझ सकारात्मक पाटोमा लैजाने खालको नीति आउनुपर्ने उनले बताए ।

पुँजी बजार विकासका लागि ‘लङ टर्म’ नीति ल्याइनुपर्ने

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ‘लङ टर्म’ अर्थात अलि स्थायित्व प्रदान गर्ने खालको नीति ल्याउनुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् । फोरमका अध्यक्ष रौनियारले पुँजी बजारका लागि सकारात्मक तथा छिटोछिटो परिवर्तन हुने अस्थिर भन्दा अलि दीर्घकाल कायम रहने अर्थात ‘लङ टर्म’ का लागि ल्याउनुपर्छ ।

उनले भने, ‘पुँजी बजार विकास र विस्तारका लागि लिइने नीति ‘लङ टर्म’ का लागि हुनुपर्छ । ३–३ महिनामा परिर्वतन हुने नीतिका कारण बजार अस्थिर हुन्छ ।’

यता, सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल पनि बजारको दिगो विकास र विस्तारका लागि केन्द्रीय बैंकले दीर्घकालीन नीति लिनुपर्ने बताउँछन् । उनले भने, ‘छोटो अवधिका लागि तथा बारम्बार परिर्वतन भइरहने नीतिले बजारको विकास र विस्तार हुँदैन । तसर्थ दीर्घकालीन नीति ल्याइनुपर्छ ।’ सेयर बजारका लागि अहिले भएका सकारात्मक नीतिलाई ‘लङ टर्म’ सम्म लैजानुपर्ने लगानीकर्ताको माग रहेको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच