कक्षा १२ को परिक्षा साउन ३१ देखि होम सेन्टरमै लिईने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको कक्षा १२को परिक्षा साउन ३१ गतेबाट भदौ ९ गते सम्म संचानल गर्ने निर्णय गरेको छ । बोर्डले मंगलबार..

1 मिनेट

पढ्ने समय

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको कक्षा १२को परिक्षा साउन ३१ गतेबाट भदौ ९ गते सम्म संचानल गर्ने निर्णय गरेको छ । बोर्डले मंगलबार परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए अनुसार यस बर्षको परिक्षा होम सेन्टर अर्थात विधार्थि पढेकै विद्यालयमा नै लिईने भएको छ । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो ।

गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिईएको भए पनि यस वर्ष विषय अनुसार शत प्रतिशत पूर्णाङ्कमा नै परीक्षा लिइने अर्यालले बताए । ‘गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं,’ उनले भने, ‘यसपाली १ सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले तोकेका माण्दण्ड पूर्ण रुपमा पालना गरेर मात्रै परीक्षा संचालन गरिने उनले बताए । जेठमा हुने तय गरिएको कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी परीक्षाको प्रतिक्षामा छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच