शेयर बजारमा लाभांशको लहर, बोनसै बोनसको छायो बहार : चार दर्जन भन्दा बढि कम्पनिले गरे लाभांश घोषणा।

काठमाडौं : सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत ४६ वटा कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । अधिकांश कम्पनीको लाभांश दर गत वर्ष भन्दा बढेको छ । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यस…

4 मिनेट

पढ्ने समय

काठमाडौं : सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत ४६ वटा कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । अधिकांश कम्पनीको लाभांश दर गत वर्ष भन्दा बढेको छ । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यस अनुसार पुस मसान्तसम्म कम्पनीहरुले वार्षिक साधारण सभा गरिसक्नुपर्छ ।

सोही पक्षलाई ध्यान दिएर कम्पनीहरुले धमाधम लाभांश घोषणा, बुक क्लोज मिति तय र साधारण सभा बोलाइरहेका छन् । प्रतिफलको आशामा नै लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दछन् । समयमा साधारण सभा गरी लाभांश वितरण गर्न सक्ने कम्पनीलाई संस्थागत सुशासन राम्रो भएको मान्न सकिन्छ । लगानीकर्ताले यस्ता कम्पनी छनोट गर्ने एउटा प्रमुख आधार हुन सक्छ ।

१२ वाणिज्य बैंकको लाभांश घोषणा : अहिलेसम्म सबैभन्दा धेरै हिमालयन बैंकको 

हालसम्म १२ वाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा हिमालयन बैंक रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश दिएको हो । अघिल्लो वर्ष बैंकले कुल २०% लाभांश दिएको थियो । त्यस्तै, सानिमा बैंकले गत वर्षको नाफाबाट १७% बोनस सेयर र कर तिर्न ०.८९% नगद लाभांश दिने घोषणा गरेको छ ।

गत वर्ष यसले कुल १३.६०% नगद लाभांश दिएको थियो । नेपाल बैंकले कुल १७% लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट र सिटिजन्स बैंकले बोनस र नगद लाभांश गरेर १६%–१६% दिने घोषणा गरेका छन् । एनआइसी एसिया बैंकले पनि बोनस सेयर घोषणा गरेको छ । हेरौं, कुन बैंकले कति लाभांश दिए :

\"\"

विकास बैंकतर्फ २ वटाको मात्रै लाभांश घोषणा

हालसम्म नेप्सेमा सूचीकृत २ विकास बैंकले मात्रै गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घाषणा गर्नेमा कामना सेवा र साग्रिला डेभलपमेन्ट बैंक रहेका छन् । कामना सेवा विकास बैंकले १८.५०% बोनस सेयर र कर तिर्न ०.९७% नगद लभांश गरि कुल १९.४७% लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १०% बोनस सेयर र कर तिर्न ०.५३% नगलद लाभांश गरि कुल १०.५३% दिने घोषणा गरेको छ । दुवै बैंकको लाभांश दर अघिल्लो वर्षको तुलनामा बढेको छ ।

\"\"

माइक्रोफाइनान्सहरुको पनि गत वर्षको भन्दा लाभांश दर बढ्यो, धेरै दिनेमा महिला लघुवित्त

हालसम्म नेप्सेमा सूचीकृत १९ लघुवित्त कम्पनीहरुले गत वर्षको नाफाबार्ट  लाभांश घोषणा गरेका छन् । घोषणा गरेका कम्पनीको लाभांश दर गत अघिल्लो वर्षको तुलनामा यो वर्ष बढेको छ । यसअवधिमा सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा महिला लघुवित्त रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४७.५०% बोनस सेयर र कर प्रयोजनका लागि २.५०% नगद सहित ५०% लाभांश दिन लागेको हो ।

त्यस्तै, स्वाभिमान लघुवित्तले गत वर्षको नाफाबाट ३२.३०% बोनस सेयर र कर प्रयोजनका लागि १.७०% नगद गरी कुल ३४% लाभांश दिने घोषणा गरेको छ । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरु हेर्दा लघुवित्तहरुले यस वर्ष नगद लाभांशलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिएको देखिएको छ । हेरौं कुन लघुवित्त कम्पनीले कति लाभांश घोषणा गरेका छन् ?

\"\"

जलविद्युत कम्पनीको लाभांश दर अघिल्लो वर्षको भन्दा बढ्यो

गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने अधिकांश जलविद्युत् कम्पनीको  लाभांश दर अघिल्लो वर्ष (२०७६–७७) को भन्दा बढेको छ । हालसम्म गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने ९ कम्पनी मध्ये ६ कम्पनीको लाभांश दर अघिल्लो वर्षको भन्दा बढेको छ । सानिमा माई हाइड्रोपावरको लाभांश भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष १५% लाभांश दिएको कम्पनीले यो वर्ष १०.५३% मात्रै दिने घोषणा गरेको छ । रैलाङ र रुरु जलविद्युत्ले यसै वर्ष मात्र लभांश घोषणा गरेका हुन् ।

यता, हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा ङादी ग्रुप पावर रहेको छ । यसले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश गरि कुल २१.०५% लाभांश दिएको छ । त्यस्तै, अरुण काबेलीले १७.८९% लाभांश दिएको छ । अरु लाभांश घोषणा गर्ने कम्पनीले पनि १०% भन्दा धेरै लाभांश दिन लागेका छन् ।  हेरौं कुन कम्पनीले कति लाभांश दिंदैछन् :

\"\"

उत्पादनमूलक समूहमा युनिलिभरको लाभांश धेरै 

हालसम्म उत्पादन मूलक समूहअन्तर्गतका ३ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । यस समूहमा सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा युनिलिभर कम्पनी रहेको छ । युनिलिभरले ६५०% नगद लाभांश दिएको छ । अघिल्लो वर्ष यसले १००% नगद लाभांश दिएको थियो । यो वर्ष लाभांश घोषणा गर्ने सबै कम्पनीको लाभांशको दर गत वर्षको भन्दा बढेको छ । हेरौं कुन कम्पनीले कति लाभांश दिए :

\"\"

फाइनान्सतर्फ आइसीएफसीले मात्रै घोषणा गर्यो लाभांश
हालसम्म आइपुग्दा फाइनान्स कम्पनीहरु मध्ये आइसीएफसी फाइनान्सले मात्रै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यसले गत वर्षको नाफाबाट  १०% बोनस सेयर र ४% नगद लाभांश गरि कुल १४% नगद लाभांश दिएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश दर समान्य घटेको छ । अघिल्लो वर्ष यसले १५% लाभांश दिएको थियो ।
नोट : यहाँ म्युचुअल फन्डहरुले गत वर्षको नाफाबाट दिएको लाभांश समावेश गरिएको छैन ।)

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच