नेपाली पैसा
काठमाडौं : घलेम्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नोक्सानी घटेको छ । पहिलो त्रैमासमा कम्पनी २ करोड १७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनी ३ करोड २ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
यता, कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी भने १६४.१२% ले बढाएर १ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ६८ लाख २६ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । हाल यसको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । यस्तै, रिजर्भ कोष भने ६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा नोक्सानमा रहेको घलेम्दीको प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ७३ पैसा रहेको छ ।














