शेयर बजारमा लगानी गर्दा के कुरामा ध्यान दिने, जानी राखौ।

काठमाडौं : सेयर बजार नै लगानीको एउटा यस्तो क्षेत्र हो, जहाँ लगानीकर्ताले आफ्नो जीवनभरमा पटकपटक गल्ती गरेको हुन्छ । भनिन्छ, सेयर बजारमा एकपटक नफसी वा नडुबी सफल लगानीकर्ता कोही छैन होला । यही भएर सेयर बजारलाई अनुभवबाट सिकिने बजार पनि भनिन्छ । कतिपयले सिकेर र बुझेर कहिले नसकिने लगानीको क्षेत्र पनि भन्ने गर्छन् । तथापि,…

6 मिनेट

पढ्ने समय

काठमाडौं : सेयर बजार नै लगानीको एउटा यस्तो क्षेत्र हो, जहाँ लगानीकर्ताले आफ्नो जीवनभरमा पटकपटक गल्ती गरेको हुन्छ । भनिन्छ, सेयर बजारमा एकपटक नफसी वा नडुबी सफल लगानीकर्ता कोही छैन होला । यही भएर सेयर बजारलाई अनुभवबाट सिकिने बजार पनि भनिन्छ । कतिपयले सिकेर र बुझेर कहिले नसकिने लगानीको क्षेत्र पनि भन्ने गर्छन् । तथापि, संसारमा यस्ता धेरै सफल लगानीकर्ताहरु पनि छन्, जसले एकपटकको गल्तीबाट पाठ सिकेर फेरि जीवनमा त्यस्तो गल्ती कहिल्यै दोहोर्याएनन् ।

साथै, उनीहरु अहिले संसारका सबैभन्दा सफल लगानीकर्ता पनि बनिरहेका छन् । यसैक्रममा यसपटक हामीले सेयर बजारमा कसरी प्रवेश गर्ने, बजारमा हुने बारम्बारका गल्तीहरु के–के हुन् ? अझ भर्खर बजार प्रवेश गरेका र युवा लगानीकर्ताले गरिरहने गल्ती के–के हुन् भनेर जानकारी गराउने कोशिस गरेका छौं ।  कुनै पनि नयाँ सीप र ज्ञान युवा अवस्थामै सिक्न सक्नेले भविष्यप्रतिको नयाँ सम्भावनालाई पनि संकेत गरिरहेको हुन्छ । अन्य क्षेत्रमा जस्तै सेयर बजारमा गरिने लगानीमा पनि पर्याप्त मात्रामा सीप चाहिन्छ ।

विख्यात लगानीकर्ता वारेन बफेटले ११ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी सुरु गरेका थिए । सुरुमा उनले पनि केही गल्तीहरु नगरेका होइनन् । नयाँ कुरा सिक्न खोज्दा गल्ती हुनु स्वाभाविक नै हो । तर पैसासँग सम्बन्धित विषय हुने भएकाले सिकाईमा बारम्बार गल्ती गर्यो भने परिणाम निकै हानिकारक हुन सक्छ । युवा अवस्थाबाटै लगानी सुरु गर्दा जोखिम भए पनि भविष्यमा सुधार गर्ने पर्याप्त समय हुन्छ ।

सेयर बजारका लगानीकर्ताले पनि बारम्बार गल्ती गरिरहेका हुन्छन् । भर्खर बजारमा प्रवेश गर्ने युवा लगानीकर्ताले अझै बढी गल्ती गर्ने सम्भावना हुन्छ । किन भने व्यावहारिक ज्ञान कम हुन सक्छ । यसैक्रममा आज हामीले लगानीकर्ताहरुले गर्ने त्यस्तै ५ साधारण गल्तीहरुका बारेमा यहाँ सामान्य चर्चा गर्दैछौं ।
१. विलम्ब वा स्थगित गर्ने बानी
सेयर बजारमा विलम्ब गर्ने बानी निकै हानिकारक हुने गर्दछ । लगानी सम्बन्धी निर्णय लिन ढिलाई गर्ने, स्थगित गर्ने वा अन्तिम समयमा मात्र टुंगो लगाउने बानीले ठूलै हानिकारक हुने गर्दछ । दीर्घकालमा सेयर बजारले राम्रो प्रतिफल दिने सम्भावना हुन्छ । त्यस्तै, कहिलेकाँँही वर्षौसम्म बजार ओरालो लाग्ने पनि हुन सक्छ ।
दुवै अवस्थामा प्रतिफल लिनलाई भने छिटै लगानी सुरु गर्नु र लगानीलाई सानोसानो गरी भए पनि महिनैपिच्छे बढाउँदै लैजान सक्नुपर्छ । सेयर बजारमा कम्पाउण्डिङ रिर्टन शब्दको प्रयोग पनि गरिन्छ । यो निकै महत्वपूर्ण र्टम हो । आफ्नो लगानीलाई जतिसक्दो छिटो र उच्च मुनाफा कमाउने माध्यमका रुपमा विकास गर्नका लागि लगानीमा कत्ति पनि विलम्ब गर्नु हुँदैन ।
२. लगानी गर्नुको सट्टा अनुमान मात्र लगाउने
युवा लगानीकर्ताहरुको कुरा गर्नुपर्दा उमेरका कारण उनीहरु जहिले पनि नाफामा हुन्छन् । किनभने भविष्यमा लगानी गर्नका लागि उनीहरुसँग पर्याप्त समय हुन्छ । सोही आधारमा साधन पनि हुन सक्छ । अनि, युवा अवस्थामा जोखिम लिन सक्ने क्षमता पनि अधिक हुन्छ । बढी जोखिम लिंदा प्रतिफल पनि अधिक प्राप्त गर्न सक्ने सम्भावना रहन्छ । साथै, उनीहरुसँग समय पनि प्रसस्त हुने भएकाले एकदुई पटक घाटा भइहाले भविष्यमा त्यो गल्तीबाट सिकेर सही मार्गमा आउन पर्याप्त समय रहन्छ । तर यही तर्कलाई आधार मानेर ठूलो प्रतिफल हत्याउन जुवाको रुपमा चल्न भने हुँदैन ।
जुवाको दाउमा अनुमान लगाए जस्तो नगरी, युवा लगानीकर्ताले जोखिम धेरै भएका तर दीर्घकालमा उल्लेख्य प्रतिफल दिन सक्ने कम्पनीमा लगानी गर्न आवश्यक हुन्छ । धेरै जोखिम वापत अधिक प्रतिफल पाउन सकिने कम्पनीहरुमा कम बजार पुँजीकरण भएका कम्पनीहरुलाई लिन सकिन्छ । यस्ता कम्पनीहरु साना र स्थापित बन्ने चरणमा हुन्छन् ।
तर दीर्घकालमा सेयरको भ्याल्यू बढ्दै नाम चलेको वा ब्रान्डेड कम्पनी वा स्थापित सेयरका रुपमा रहने सम्भावना अधिक रहन्छ । युवा लगानीकर्ताहरुले यस्तै किसिमका कम्पनीहरुमा लगानी विविधीकरण गर्नुपर्ने हुन्छ । तर सधैं अनुमानकै भरमा धेरै गरेर लगानी गर्दा भने लगानीकर्तालाई बजार नै छोडेर भाग्नुपर्ने स्थिति आउन सक्छ । रिक्स लिने समयमा बजारबाट भाग्नु पीडादायी अवस्था हुन हुन्छ । यसर्थ, यसतर्फ ख्याल गर्नपर्छ ।
३. ऋणको अत्याधिक प्रयोग
सामान्य अर्थमा भन्दा लेभरेज भनेको यस्तो लगानी रणनीति हो जसमा लगानीको सम्भावित प्रतिफल बढाउनका लागि उधारो वा सापटी रकम अथवा पुँजीको प्रयोग गरिन्छ । लेभरेजको फाइदा पनि छ र खतरा पनि उत्तिकै। लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा लेभरेज प्रयोग गर्ने उचित समय भनेको युवा अवस्था नै हो । यसअघि भने जस्तै, युवा लगानीकर्तालाई नोक्सान भर्पाई गर्नका लागि समय पर्याप्त हुने गर्दछ । तर, लेभरेजले राम्रो पोर्टफोलियोलाई समेत बर्बाद गर्ने सम्भावना भने उत्तिकै रहन्छ ।
त्यसैले, अत्याधिक लेभरेजको प्रयोग गर्नु पनि हानिकारक हुनसक्छ । आफ्नो समग्र पोर्टफोलियोको थोरै हिस्सामा मात्र लेभरेज राख्दा जोखिम कम हुनुका साथै प्रतिफल पनि पाउन सकिन्छ । उदाहरणका लागि, यदि कुनै एक युवा लगानीकर्ताको पोर्टफोलियोमा १ लाख रुपैयाँ छ भने उसले आफ्नो पोर्टफोलियोको १०% हिस्सामा २ः१ अनुपातमा लेभरेज राख्नु उचित हुन्छ । यसले केही मात्रामा जोखिम त बढाउला, तर समग्र पोर्टफोलियोलाई भने धेरै असर गर्दैन ।
४. पर्याप्त प्रश्न नगर्ने
प्रश्न नगर्नु लगानीकर्ताले गर्ने अर्को प्रमुख गल्ती हो । यदि कुनै सेयरको भाउ धेरै घट्यो भने बाउन्स ब्याक हुने अपेक्षा पनि लागानीकर्तामा होला । तर भाउ बाउन्स ब्याक हुन पनि सक्छ र नहुन पनि त सक्छ । यसको कुनै ग्यारेन्टी छैन । सेयर भाउ जुनसुकै बेला पनि तलमाथि हुन सक्छ । तर यस्तो अवस्थामा उत्पन्न हुनुपर्ने मुख्य प्रश्न  ‘किन’ ? लाई भने अधिकांश  लगानीकर्ताले कमै मात्र प्रयोग गर्ने गरेको पाइन्छ ।
अर्थात, किन यस्तो भइरहेको छ ? अब के हुन्छ अनि यसको समाधान के हो ? जस्ता प्रमुख प्रश्नको उत्तर खोज्न सक्नुपर्छ । सेयरको भाउ किन घट्यो वा बढ्यो भन्ने प्रश्नबाट मात्र सही लगानी रणनीति तय गर्न सकिन्छ । नभए सेयर लगानी पनि जुवा सरह बन्न जन्छ । यदि, कुनै कम्पनीको सेयर आफूले सोचेको भन्दा आधा भाउमा कारोबार भइरहेको छ भने त्यसमा पनि कुनै न कुनै कारण हुन्छ । र, त्यो कारण पत्ता लगाउने लगानीकर्ता स्वयंको दायित्व हो ।
आफैं सिकेर लगानी गर्न पर्याप्त समय नभएका लगानीकर्ताले वित्तीय सल्लाह दिन सक्ने व्यक्ति वा कम्पनीको सहयोग लिएर लगानी गर्न सक्दछन् । यस्तै, उचित अनुसन्धान गर्न नचाहने युवा लगानीकर्ताले कम जोखिम भएका कम्पनी तथा फन्डहरुमा लगानी गरी पोर्टफोलियो व्यवस्थापन सक्दछन् । जुन लगानीकर्तासँग सिक्ने इच्छा र क्षमता दुवै छ, उनीहरुले आफैं प्रश्न र अनुसन्धान गरी आफैं लगानी गर्न सक्दछन् ।
यी ३ वटै तरिका लगानीका लागि प्रभावकारी नै हुन्छन् । तर पहिलो तरिकाबाट लगानी गर्दा अरुमा धेरै भर पर्नु पर्दछ, दोस्रोमा केही हदसम्म आफू स्वयंमा भने तेस्रो तरिका सबै आफैं गर्छु भन्ने भावनामा आधारित हुन्छ । यी ३ विधिमध्ये आफूलाई ठीक लाग्ने विधि अपनाउन सकिन्छ ।
५. लगानी नगर्नु 
विशेषगरी युवा अवस्थामै लगानी नगर्नु नै सबैभन्दा ठूलो गल्ती हो । लगानीका लागि समयसीमा लामो हुँदा जोखिम मोलेर पनि पर्याप्त प्रतिफल कमाउन सकिन्छ । त्यसैले, थोरैथोरै भए पनि जतिसक्दो छिटो लगानी सुरु गर्नु महत्वपूर्ण मानिन्छ । वारेन बफेटले निकै सानो उमेरबाट लगानी सुरु गरेकै कारण अर्बपति बनेका हुन् भनेर ग्यारेन्टी गर्न नसकिए पनि अर्बपति बन्नमा भने पक्कै पनि त्यसको निकै महत्वपूर्ण योगदान छ ।
युवा उमेरमा पैसासँगको अनुभव कम हुन्छ । त्यसैले, पैसा हात पर्यो कि खर्च गर्न मन लागिहाल्ने सम्भावना हुन्छ । यस्तो बेला भविष्यका लागि बचत पनि गर्नुपर्दछ भन्ने चिन्ता हुँदैन । जसको नतिजा उमेर ढल्किंदै जाँदा पैसाको अभावमा बाँच्नुपर्ने हुन्छ । त्यसैले, खर्चमा बढी जोड दिनुको सट्टा केही हिस्सा लगानीका लागि पनि छुट्याउन आवश्यक हुन्छ । धेरै पैसाको इच्छा राख्ने युवाहरुका लागी लगानी गर्ने बानी पनि महत्वपूर्ण बाटो हुनसक्छ ।
विशेषगरी युवा लगानीकर्ताले आफ्नो उमेरको सदुपयोग गर्दै जोखिम लिन सक्ने क्षमता पनि बढाउँदै जानुपर्छ । युवा अवस्थामै आधारभूत विषयवस्तुको अध्ययन र अनुसन्धान गरी लगानी गरेमा भविष्यमा पोर्टफोलियोको आकार पनि ठूलो बनाउन सकिन्छ । सेयरमा दाउ लगाउनुको सट्टा राम्रा कम्पनीहरुको छनोट गरी दीर्घकालीन मुनाफालाई ध्यान दिनुपर्छ । आफू कस्तो किसिमको लगानीकर्ता बन्ने भन्ने छनोट पनि महत्वपूर्ण हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको जतिसक्दो छिटो लगानी सुरु गरी तत्काल र दीर्घकालका लागि प्रसस्त सम्पति जम्मा गर्नु नै हो ।
एजेन्सीको सहयोगमा 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच