‘नेप्से-३०’ परिक्षण सकियो तर संचालन मिति अझै अनिश्चित।

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सकिंदा पनि औपचारिक कारोबार सुरु हुन सकेको छैन । यद्यपि, १ महिनासम्म परीक्षण गर्दा यसमा खासै ठूलो समस्या नदेखिएको नेप्सेको भनाई छ । नेप्से स्रोतकोअनुसार सबै काम पूरा भए पनि नेप्से सञ्चालक समितिले सञ्चालन मिति नतोक्दा यो सञ्चालनमा आउन नसकेको हो । …

4 मिनेट

पढ्ने समय

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सकिंदा पनि औपचारिक कारोबार सुरु हुन सकेको छैन । यद्यपि, १ महिनासम्म परीक्षण गर्दा यसमा खासै ठूलो समस्या नदेखिएको नेप्सेको भनाई छ । नेप्से स्रोतकोअनुसार सबै काम पूरा भए पनि नेप्से सञ्चालक समितिले सञ्चालन मिति नतोक्दा यो सञ्चालनमा आउन नसकेको हो । 

‘नेप्से सञ्चालक समितिले मिति तोकिदिए यो सञ्चालमा ल्याउन कुनै समस्या छैन’ स्रोतले भन्यो, ‘तर, सञ्चालक समितिको बैठकमा यसले प्राथमिकता नपाउँदा अहिलेसम्म पनि सञ्चालनमा नआएको हो ।’ पछिल्ला दिनहरुमा सञ्चालक समिति बैठकको एजेन्डामा नै ‘नेप्से ३०’ नपरेको स्रोतको दाबी छ । 

आगामी दिनमा बस्ने सञ्चालक समितिको बैठकमा पनि यस एजेन्डाले प्राथमिकता पाउने न्यून सम्भावना रहेको स्रोतको भनाई छ । बैठकको एजेन्डा नै बन्न नसक्नुले सञ्चालक तथा नेप्सेले नेतृत्वलाई यसलाई प्राथमिकतामा नपारेको बुझ्न सकिन्छ । 

‘अब बस्ने सञ्चालक समिति बैठकमा पनि एजीएम एजेन्डाले प्राथमिकता पाउनेछ’ स्रोतले भन्यो, ‘‘नेप्से–३० इन्डेक्स’ सञ्चालनका बारेको निर्णय हुने सम्भावना ज्यादै न्यून छ ।’ नेपालको पुँजी बजार इतिहासमा अलग्गै इन्डेक्स बनाएर कारोबारमा ल्याउन लागिएको यो पहिलो हो । अहिलेसम्म सूचीकृत सबै कम्पनीलाई एउटै बास्केटमा राखेर नेप्से सूचकमार्फत गणना हुँदै आएको छ । 

‘नेप्से ३०’ सुरु भएपछि पुँजी बजारमा केही फरक अभ्यास देखिनेछ । नयाँ अभ्यास भएकाले पनि यसमा सर्वसाधारण लगानीकर्ताको चासो पनि बढी छ । तर तयार भइसकेको यस्तो महत्वपूर्ण विषयसमेत सञ्चालक समितिको अनिर्णयको बन्दी बन्नुले विभिन्न शंकाहरुसमेत उब्जिएको छ । कुनै पनि नयाँ कुरा कार्यान्वयन गर्न किन तदारुकता देखाईंदैन ? किन यस्ता विषयमा विलम्ब गरिन्छ भन्ने कौतुहलता पनि बढेको छ । 

यता, नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने अबको केही समयमा नै नेप्से–३० इन्डेक्स पूर्णरुपमा कारोबारमा आउने बताउँछन् । उनले भने, ‘अब यसमा कुनै परिवर्तन गर्न नपर्ने भए सञ्चालक समिति बैठक बसेर पारित गरी औपचारिक र नियमित कारोबार मिति तोक्ने छ ।’ तर अहिलेसम्म नियमित सञ्चालनमा ल्याउने मिति भने तय नभएको उनको भनाई छ । 

निश्चित मापदण्डसहितका कम्तिमा ३० कम्पनीको मात्रै कारोबार प्रतिबिम्बित हुने गरी यस्तो सूचक तयार पारेर परीक्षण सम्पन्न गरेको हो । नेप्से ३० सूचकांकबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने नेप्सेको भनाई छ । 

यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै भविष्यमा डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड (इपीएफ) सञ्चालन लगायतमा पनि सघाउ पुर्याउने नेप्सेले बताएको छ ।

नेप्से ३० इन्डेक्सका लागि कसरी छनोट गरिन्छ कम्पनी ?

नेप्सेले प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी भएको, पछिल्लो ३ आर्थिक वर्ष लगातार खुद नाफामा रहेका कम्पनीलाई नेप्से ३० मा राख्ने जनाएको छ । साथै, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १०% रहेको र त्यही वर्षको मूल्य वृद्धिदरभन्दा बढी भएका कम्पनीहरुलाई पनि यो इन्डेक्स गणनामा समावेश गरिने भएको छ । 

त्यस्तै, कुनै पनि कम्पनीको कम्तिमा २५% सेयर सर्वसाधारणमा जारी भएको हुनुपर्ने  वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरु (फ्रि–फ्लोट) को कुल बजार पुँजीकरण यो इन्डेक्समा राखिने कम्पनीको सेयरहरुको बजार पुँजीकरण १% भन्दा बढी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

साथै, यी कम्पनीमा सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको सेयर कारोबार भएको पनि हुनुपर्छ । 

दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको कम्पनी यो इन्डेक्समा राख्न योग्य हुनेछन् । यसैगरी, पछिल्लो ६ महिनाको कारोबार दिनहरुमध्ये ७५% दिनमा कारोबार भएको पनि हुनुपर्छ । 

यसरी कम्पनी छान्दा हाल नेप्सेमा रहेका ६ वटा समूहगत परिसूचकबाट प्रत्येक समूहमा उच्च भार प्राप्त गर्ने ८–८ वटा कम्पनी छानिने छन् । समूहगत परिसूचकमा सूचीकृत कम्पनीको संख्या ८ भन्दा कम भएमा विधि अनुसार उपलब्ध सबै कम्पनीलाई सो इन्डेक्समा समावेश गरिनेछ । 

यसरी छानिने कम्पनीको कुल संख्या ३० भन्दा बढी भएमा कम भार पाउने कम्पनीहरुलाई यो इन्डेक्सको गणनाबाट हटाइनेछ । तर, यसरी हटाउँदा पनि हरेक ६ समूहबाट भने कम्तिमा एक कम्पनी राख्ने नीति नेप्सेले लिएको छ ।

 छानिएका कम्पनीको संख्या ३० भन्दा कम भएमा वा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने देखिएमा सबै कम्पनीको कुल भार गणना गरी उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइने नेप्सेले जनाएको छ ।

छिमेकी देशको अभ्यास कस्तो छ ? 

भारतमा २ वटा प्रमुख स्टक एक्सचेन्जहरु रहेका छन् । पहिलो बम्बे स्टक एक्सचेन्ज (बीएसई) र दोस्रो नेसनल स्टक एक्सचेन्ज (एनएसई) । बीएसईले एक्सचेन्जमा सूचीकृतमध्ये वित्तीय अवस्था मजबुत भएका, ठूला र राम्रोसँग स्थापित भएर कारोबार सञ्चालन भइरहेका कम्पनीहरुको सूचक सेन्सेक्स वा ‘बीएसई सेन्सेक्स’ मापन गर्ने गर्दछ ।

 ‘बीएसई सेन्सेक्स’ सूचकमा बम्बे स्टक एक्सचेन्जमा सूचीकृतमध्ये यस्ता ३० कम्पनीहरु मात्र समावेश हुने गरेका छन् । सन् २०२३ कोे जनवरीसम्मको तथ्यांक अनुसार ५ हजार ३०० भन्दा बढी कम्पनीहरुले बम्बे स्टक एक्सचेन्जमा सेयर सूचीकृत गरेका छन् ।

यता, एनएसईले पनि एक्सचेन्जमा सूचीकृतमध्ये वित्तीय रुपमा मजबुत, प्रि फ्लोट बजार पुँजीकरणका आधारमा ठूला ५० कम्पनीहरु समावेश रहेको सूचक मापन गर्दै आएको छ । एनएसईमा हाल २ हजार १०० भन्दा बढी कम्पनीहरु सूचीकृत रहेका छन् ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच