ठेकेदार कम्पनी सम्पर्कमै छैन, भ्युटावर अलपत्र (फोटोफिचर)

ChatGPT Image Aug 23, 2026, 03_38_10 PM

काठमाडौं भ्युटावरको नक्सा प्रक्रियासम्बन्धी विवादपछि रोकिएको निर्माण कार्य अलपत्र अवस्थामा छ। ०७१ देखि निर्माण सुरु गरिएको भ्युटावरको निर्माण प्रक्रिया त्रुटिपूर्ण र मापदण्डअनुसार नभएको भन्दै महानगरपालिका र निर्माण कम्पनीबिच विवाद भएको थियो।

भवनको नक्सापास नगरी तला थपेको र मापदण्ड पालना नगरेको भन्दै महानगरपालिकाले निर्माण कार्य रोकेको थियो। महानगरपालिका सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यले हाल ठेकेदार कम्पनी सम्पर्कविहीन रहेको बताए।

‘हामीसँग अहिले ठेकेदार कम्पनी सम्पर्कमै छैन,’ उनले भने, ‘मुख्यतः नक्साको विवाद थियो। तर, उक्त विवाद सल्ट्याउने प्रक्रियामा आउन पनि ठेकेदार कम्पनी आएको छैन।’