पेट्रोलियम पदार्थको मूल्य ६१.५% ले घट्दा सुनको भाउ ३१.६% ले बढ्यो

\"\"

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य भने ६१.५% ले घटेको छ । कच्चा पेट्रोलियमको भाउ प्रतिब्यारल २७.८९ डलरमा सीमित भएको छ । २०७६ वैशाख मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारल अमेरिकी डलर ७२.५३ रहेको थियो ।

यता, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३१.६% ले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिना वैशाख सम्ममा सुनको भाउ प्रति औंश लगभाग ४०० बढेर १७०८.६ अमेरिकी डलर पुगेको छ । गत वर्ष यसैअवधिमा सुनको मूल्य प्रति औंश १२९८.४०% अमेरिकी डलर थियो ।