म्याग्दीका चन्द्रप्रकाश बानियॅालाई बर्ष २०७६ को मदन पुरस्कार हस्तान्तरण

बर्ष २०७६ को मदन पुरस्कारबाट सम्मानित ‘महारानी’ उपन्यासका  लेखक चन्द्रप्रकाश बानियाँलाई आज एक समारोहबिच पुरस्कार हस्तान्तरण गरिएको छ ।कोभिड–१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी रहेको थियो ।

म्याग्दीको पुलाचौर स्थाई घर भए पनि लामो समयदेखि पोखरा बस्दै आउनुभएका बानियॅालाई मदन पुरस्कार गुठीका अध्यक्ष कुन्ददीक्षित स्वयं पोखरा पुगेर पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार हस्तान्तरणको अवसरमा दिक्षितले भने ‘महारानीलाई मदनपुरस्कारबाट सम्मानित गर्न पाउदा नेपाली समाज, इतिहास र भाषाका विविधता हेर्ने र बुझ्ने फरक आँखा भेट्टाएको अनुभव गरेका छौं ‘।उनले अगाडि थपे, ‘एक ठाउँको राजनीति, इतिहास र आख्यान वा गैरआख्यान लेखनी भन्दा भिन्न रहेर फरक क्षेत्र, भाषा, इतिहास रसंस्कृतिको विषयमा लेख्ने समय आएको छ ।’

बिगत ७ बर्षदेखि बस्दै आए पनि पोखराले आफुलाई र आफुले पोखारालाई चिन्न नसकेके गुनासो गर्दै पुरस्कृत स्रस्टा बानियाँले आफुलेसकुन्जेल साहित्यिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए । उनले अगाडि थपे, स्रष्टाकै भूमिमा आएर पुरस्कृत गर्दा पोखरा र आफूलेएकअर्कालाई चिन्ने अवसर पनि पाएको बताए । ‘स्रष्टाकै भूमिमा पुगेर पुरस्कृत गर्दा पुरस्कार र स्रष्टाको गरिमा अझै बढ्छ,’ उनले भने, ‘यो अपवाद नहोस् अब परम्परा बनोस् ।’

कार्यक्रममा कवि तीर्थ श्रेष्ठको विद्वत प्रवचन पढेर सुनाइएको थियो । श्रेष्ठको प्रवचनमा पोखराको वर्णन गरिनुका साथै संस्कृति, पर्यटन, साहित्य, कला, संगीत, शिक्षा, स्वास्थ्य क्षेत्रबारे उल्लेख गरिएको थियो । पोखराले मोदी, मादी र आँधीभित्रको क्षेत्रलाई समेट्नुपर्नेश्रेष्ठले जनाए । यसैगरी भारतको सिलीगुडीमा जगदम्बा श्री पुरस्कार पनि शनिबारै शान्ति ठटाललाई अर्पण गरिएको गुठीले जनाएकोछ । दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ छ ।

पुरस्कार ग्रहण गर्दै गर्दा बानियॅाद्वारा सामाजिक सन्जालमा ब्यक्त खुसि तथा अनुभुति:

\"\"