जॅान्छौ भने एक्लै जाउ तिमि ( गजल )

– दिपक भट्टराई

आफ्नै अस्मिता माथी आक्रमण गर्छौ भने

छोरी र आमा हरु बलात्कार गर्छौ भने

कथाले तिमिलाई नपुंसक बनाईदिनेछ ।

आफ्दानै दाजुभाईलाई लुट्छौ र भुट्छौ भने

ति जंगि पिलर बारम्बार सारिरहदा

नक्सा काटेर जन्मदिन मनाउछौ भने

के नै रहयो र तिमी माथी भरोसा

आफ्नै चिहान खन्छौ भने।

बस तिमी जाउ एक्लै जान्छौ भने

तर सबैलाई संगै लिएर नजाउ ।

मलामीको समेत पैतालामा तिर रोप्ने तिमी

छोरी र आमाको योनिबाट तप तप रगत चुहिरहदा

उल्टै पल्टाई घोच्ने तिमी ।

आउ सुध्र कालिदास पनि ऋषि भए

राम राम आफ्नै चिहान खन्छौ भने ।।