सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर वितरण लाइनमा पठाउन थालिनेछ । कार्यतालिका अनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने हो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए नभएको अध्ययन गर्नुपर्ने हो । तर अहिले सुरुङ खाली नगर्ने र पानी हाल्दा प्रभाव परे नपरेको अध्ययन पनि नगर्ने तयारी छ ।
यसो गर्दा आयोजना उद्घाटन महिना दिन वर सार्न सकिने सरकारी अधिकारीहरुको अनुमान छ । हतार–हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका छैनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी छ ।
विज्ञहरु पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लागको बताउँछन् । नेपाल टनेलिङ एसोसिएयनका अध्यक्ष तथा सुरुङ विज्ञ ज्ञानेन्द्रलाल श्रेष्ठ मेलम्चीको सुरुङमा पानी भरिएपछि २ दिन त्यतिकै राख्नुपर्ने र त्यसपछि क्रमशः पानी छोड्नुपर्ने बताउँछन् ।
त्यसरी सुरुङ खाली भएपछि कहाँ–कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘पानी भरेपछि चट्टानको प्रकृति अनुसार सुरुङको संवेदनशील क्षेत्रमा कुनै समस्या देखिएको हुनसक्छ,’ उनी भन्छन्, ‘अहिले सानो रहेछ भने पनि त्यसलाई समाधान गर्नुपर्छ, नत्र त्यो भविष्यमा बढ्दै जान्छ ।’
उनका अनुसार ‘फिलिङ टेस्ट’ पानी भरिने सुरुङको प्रोटोकलमै पर्छ । दुई किलोमिटरकै सुरुङमा पनि यसको पालना गरिने भन्दै उनले भने, ‘पानी हालेपछि सुरुङले कस्तो रियाक्ट गर्यो ? सपोर्ट सिस्टमले काम गरिरहेको छ कि छैन ? लाइनिङ (क्रंकिटिङ) उप्किएको छ कि छैन ? भन्ने नहुनु जोखिमपूर्ण हुन्छ ।’
फरक–फरक ठेकेदारले काम गरेको तथा लामो र संवेदनशील सुरुङ भएकाले एकपटक खाली गरेर परीक्षण गर्नैपर्ने श्रेष्ठ बताउँछन् । सुरुङको कतिपय भागहरु नरम चट्टानका कारण खुम्चिएको हुने भएकाले पानी भरेपछि त्यस्ता भागहरुको अवस्था पनि हतार नगरी हेर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
मेलम्चि खाने पानि आयोजना उदघाटन गर्न सरकार आतुर
सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर वितरण लाइनमा पठाउन थालिनेछ । कार्यतालिका अनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने हो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए नभएको अध्ययन गर्नुपर्ने हो । तर अहिले सुरुङ खाली नगर्ने र पानी हाल्दा प्रभाव परे…
अघिल्लो लेख
अर्को पोस्ट
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












