गैर आवासिय नेपालि (NRN) हरुलाई नेपालि शेयर बजारमा भित्र्याउने यस्तो छ तयारी

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउने प्रक्रियालाई नयाँ ढंगबाट पुनः अघि बढाएको छ ।बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एनआरएनलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बजार र बाह्य लगानीका एक विज्ञलाई अध्ययन गर्नलगाएका छन् । बोर्डले केही हप्ता अघि ती विज्ञलाई एनआरएनलाई सेयर बजारमा भित्र्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनगर्नुपर्ने थप कदमलगायका बारेमा अध्ययन गर्न…

3 मिनेट

पढ्ने समय

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउने प्रक्रियालाई नयाँ ढंगबाट पुनः अघि बढाएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एनआरएनलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बजार बाह्य लगानीका एक विज्ञलाई अध्ययन गर्नलगाएका छन् बोर्डले केही हप्ता अघि ती विज्ञलाई एनआरएनलाई सेयर बजारमा भित्र्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनगर्नुपर्ने थप कदमलगायका बारेमा अध्ययन गर्न लगाएको हो

उनले अध्ययन गरेर केही समयमा नै धितोपत्र रिपोर्ट बुझाउने बार्डले जानकारी दिएको ती विज्ञले बोर्डमा प्रतिवेदन बुझाएपछित्यसमा सरोकारवाल निकायहरुसँग आवश्यक छलफल गर्ने धितोपत्र बोर्डका साहयक प्रवक्ता रुपेश केसीले नेपाली पैसालाई बताए तथापि, लामो समयदेखि एनआरएनलाई लगानी गर्न बाटो खुला गर्ने भनिए पनि अहिलेसम्म यस कामले मूर्तरुप लिन भने सकेको छैन

आम लगानीकर्ताले पनि एनआरएन भित्रिएपछि पुँजी बजारले फड्को मार्ने अपेक्षा गरेका छन् यता, एनआरएनहरुले पनि सम्बन्धितनिकायले अध्ययन, अनुसन्धान गरेर स्पष्ट नीति ल्याउन माग गर्दै आएका छन् उनीहरुले निश्चित अवधिपछि मुनाफा तथा लगानी फिर्तालैजाने नीति लिखित रुपमा व्यवस्था गरिनुपर्ने माग गर्दै आएका छन्

 विशेष गरी लगानी फिर्ता लैजाने सम्बन्धी प्रष्ट कानुनी व्यवस्था नहुँदा एनआरएनलाई प्रत्यक्ष रुपमा बजारमा प्रवेश गराउन कठिनाईभएको हो सरकारले लामो समयदेखि एनआरएनलाई सेयर बजारमा भित्र्याइने विषय बजेटमै उल्लेख गर्दै आएको बजेटमागैरआवासीय नेपालीहरुले दोस्रो बजारमार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइनेभनिँदै आएको  

 यो विषय लामो समयदेखि बजेटको पानामा लेख्नेबाहेक थप उपलब्धि हुन सकेको छैन धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकालमा यो निकै चर्चाको विषय बनेको थियो एनआरएन भित्र्याउन कार्यविधि बनाउन समिति गठन भयो तरपूर्णता पाएन यसैबीच नयाँ अध्यक्ष आएको १४ महिना कटिसक्दा पनि यसले पूर्णता पाएको छैन  

 विगतमा यो विषय उठ्दा प्रविधिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो त्यति बेला सेयरलाई अभौतिकरण (डिम्याट) गर्नुपर्ने, अनलाइन प्रणाली सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताइएको थियो तर अहिले पुँजी बजार प्रविधिमैत्री बनिसकेको अनलाइन प्रणाली भित्रिएको यति हुँदा पनि सेयर बजारमा एनआरएन भित्र्याउन नसक्नु भनेको नियामको कमजारी भएकोजानकारहरुले बताएका छन्  

 सेयर बजारमा एनआरएन छिट्टै भित्रिन्छ : अध्यक्ष ढुंगाना 

 धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले सेयर बजारमा छिट्टै भित्र्याउने गरेर काम अघि बढाएको बताएका छन् उनले भने, ‘हामीले सेयरबजारमा जतिसक्दो छिटो एनआरएनएलाई भित्र्याउनका लागि प्रक्रिया अघि बढाएका छौं अहिले प्राथमिक दोस्रो बजारमा लगानीगर्न नेपाली नागरिकता भएकाहरुलाई कुनै समस्या छैन तर, नेपाली नागरिकता नभएका एनआरएनलाई पनि पुँजी बजारमा लगानी गर्नदिने नीति ल्याउन अध्ययन भइरहेको  

 उनले अहिले एनआरएनहरुले मर्चेन्ट बैंकहरुको पोर्टफोलियोमा लगानी गर्न पाउने व्यवस्था भएको बताउँदै अगामी दिनमा सेयर बजारमापनि प्रत्यक्षरुपमा लगानी गर्न पाउने व्यवस्था ल्याउन आफू लागिपरेको उनले बताए उनले इंगित गरेको लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट) सम्बन्धी निर्देशिका, २०६७ मा लगानी व्यवस्थापकले गैर आवासीय नेपाली नागरिकहरु ग्राहक बनाउन सक्नेउल्लेख
यसअनुसार एनआरएनलाई ग्राहक बनाउने भए उनीहको तर्फबाट बैंक खाता खोल्न तथा सो खाता सञ्चालन गर्न प्रचलित कानुन बमोजिमकुनै स्वीकृति लिनुपर्ने भएमा त्यस्तो स्वीकृति लिएर मात्र कार्य सञ्चालन गर्नुपर्ने उल्लेख एनआरएन धितोपत्र बजारमा भित्रिएमादोस्रो बजारको दायरा थप फराकिलो हुनेछ यसले पुँजी बजारसहित समग्र नेपाली अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच