डिजिटल कारोबार गर्दा सचेत रहन केन्द्रिय बैंकको आग्रह

काठमाडौं : केन्द्रीय बैंकले  डिजिटल कारोबार गर्दा सचेत बन्न आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवाले ग्राहकलाई सहज..

1 मिनेट

पढ्ने समय

काठमाडौं : केन्द्रीय बैंकले  डिजिटल कारोबार गर्दा सचेत बन्न आग्रह गरेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवाले ग्राहकलाई सहज बनाएको भन्दै राष्ट्र बैंकले उक्त माध्यमको प्रयोग गर्दा सजग हुन पनि आग्रह गरेको हो ।
मंगलबार वित्तीय सचेतनाको लागि एक सूचना जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनको लागि कसरलाई भुक्तानी गरेको हो भन्ने कुरामा सावधानी पुर्याउन भनेको छ । ‘बैंकको नाम, खाताको नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्नुपर्छ’ सूचनामा उल्लेख छ ।
डिजिटल कारोबार गर्दा नोटको आवश्यकता नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने केन्द्रीय बैंकको भनाइ छ । पछिल्लो समय डिजिटल कारोबार बढ्दो क्रममा रहेको छ । योसँगै यसमा जोखिम पनि बढ्दै गएको छ ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच