-माओवादीद्वारा पदमार्ग निर्माण

म्याग्दी, २७ असार- एकीकृत नेकपा माओवादीको लगानीमा विश्व प्रसिद्ध पर्यटकीय पदमार्ग राउण्ड धौलागिरी जाने पदमार्ग निर्माण गरिएको छ। राष्ट्रिय समाचार समितिका अनुसार माओवादीको ५० लाख रुपैयाँको लगानीमा ३५० मिटर लामो पदमार्ग निर्माण गरिएको पार्टीका जिल्ला सचिव लालु किसानले बताएका छन्। माओवादी कार्यकर्ता, वाइसीएल स्थानीयवासी र मजदुरले पदमार्ग निर्माणका लागि दुई महिनासम्म श्रमदान गरेका थिए। मुदी…

1 मिनेट

पढ्ने समय

म्याग्दी, २७ असार- एकीकृत नेकपा माओवादीको लगानीमा विश्व प्रसिद्ध पर्यटकीय पदमार्ग राउण्ड धौलागिरी जाने पदमार्ग निर्माण गरिएको छ। राष्ट्रिय समाचार समितिका अनुसार माओवादीको ५० लाख रुपैयाँको लगानीमा ३५० मिटर लामो पदमार्ग निर्माण गरिएको पार्टीका जिल्ला सचिव लालु किसानले बताएका छन्। माओवादी कार्यकर्ता, वाइसीएल स्थानीयवासी र मजदुरले पदमार्ग निर्माणका लागि दुई महिनासम्म श्रमदान गरेका थिए। मुदी र बगर गाउँ जोड्ने उक्त स्थानमा घोडेटोबाटो नहुँदा ४०० मिटर टाढासम्म रसीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। माओवादीले पूरा गर्न नसकेको पदमार्ग निर्माणका लागि सदरमुकाम बेनीबाट नेपाली सेनाको टोली त्यसतर्फ गएको छ। पदमार्ग निर्माण भएपछि राउन्ड धौलागिरि भ्रमण जाने पर्यटक र स्थानीयवासीलाई सुविधा पुग्ने राससले जनाएको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच