सरकार र सम्बन्धित निकाएले ल्याएको नया नियम संगसंगै बढे कतारबाट शेयर बजारमा लगानी गर्ने नेपालीहरु

अर्थतन्त्रको मेरुदन्ड मानिने शेयरबजारमा नाफा आर्जन गर्ने हेतुले लाखौले लगानि गर्ने गरेको भए तापनि कम समयमा धेरै कमाउन सफल लगानिकर्ता बिरलै भेटिन्छ्न। तर यहि भिडमा लामो समयदेखि बैदेशिक रोजगारीमा रहेका र अब बैदेशिक रोजगारीको मात्र भर परेर हुदैन स्वदेशमा पनि केहि गर्नु पर्छ भन्ने सोच राख्ने मध्य पुर्बी देश कतारमा कार्यरत नेपालि मजदुरहरु पछिल्लो समयमा…

3 मिनेट

पढ्ने समय

\"\"

अर्थतन्त्रको मेरुदन्ड मानिने शेयरबजारमा नाफा आर्जन गर्ने हेतुले लाखौले लगानि गर्ने गरेको भए तापनि कम समयमा धेरै कमाउन सफल लगानिकर्ता बिरलै भेटिन्छ्न। तर यहि भिडमा लामो समयदेखि बैदेशिक रोजगारीमा रहेका र अब बैदेशिक रोजगारीको मात्र भर परेर हुदैन स्वदेशमा पनि केहि गर्नु पर्छ भन्ने सोच राख्ने मध्य पुर्बी देश कतारमा कार्यरत नेपालि मजदुरहरु पछिल्लो समयमा शेयर बजारमा लगानी गर्न निकै आकर्षित भएको पाइएको छ। 

 बैदेशिक रोजगारीको ब्यस्त दैनिकी र ज्याला मजदुरी गरि कमाएको थोरै पैसाले परिवारको भरणपोषण र सुनौलो भविष्यको सपनाको महलबाट अलिकति माथि उठेर  आफ्नो वित्तिय अनुशासन र खर्च व्यवस्थापन गरि  शेयरबजार मा लगानी गर्न कतार का लगानीकर्ता पछिल्लो समय मा बढेको देखिन्छ। नेपालि शेयर बजारको नियमनकारी निकाय नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हालैको समयमा साना लगानीकर्ताहरुलाई पनि शेयर बजारमा लगानी गरि आफ्नो आर्थिक उन्नति गर्ने अवशर दिने हेतुले लागु गरेको \”कम्तिमा दश कित्ता शेयर मा लगानी गर्न पाइने\” ब्यबस्था लागु भए पछि थोरै कमाइ हुने कतारमा कार्यरत थुप्रै नेपालि मजदुरहरु शेयर बजारमा लगानी गर्न इच्छुक रहेको कुरा  कतारस्थित सिद्धार्थ बैङ्कका कतार प्रतिनिधि  दुर्गा रिजालले बताउनुभयो। रिजासंगको कुराकानीको क्रममा वहाले ग्राहकको गोपनियताको कारण नाम बताउन नमिल्ने भए पनि कतारमा कार्यरत नेपालिहरुमा  प्रतिष्ठित ब्यबसायी, समाजसेवी, राम्रो र प्रतिष्ठित कम्पनीमा राम्रो ओहोदामा नोकरी गर्नेहरु देखि लिएर सामान्य मजदुरी र सरसफाई सम्बन्धि काम गर्ने नेपालीहरुमा  पनि हालैका दिनमा डिम्याट खाता खोल्न र शेयर बजारमा लगानी गर्न उत्सुकता बढेर गएको कुरा बताउनुभयो।

नाम नबताउने शर्तमा रिजालले बताए अनुसार उनकै सल्लाहमा  डि-म्याट खाता खोलेर पहिलो पटक कतारबाट नै आइ पि ओ भरेका एक जना सामान्य लगानी कर्ता अहिले बिस्तारै एक गणनीय लगानी कर्ताको रुपमा स्थापित हुदै गरेको कुरा बताउनुभयो।  शुरुवातमा निकै सानो लगानिबाट बजार प्रवेस गरेका उनले पहिलो पटक परेको दश कित्ताबाट बजार  प्रवेश गरेपछि  र उक्त शेयर मूल्य दिनानुदिन बढ्दै गए पछी थप हौसिएका उनि अहिले सेकेण्डरी मार्केटमा समेत प्रवेश गर्ने तयारीको रहेको बताए।  सानो सानो लगानिमा खासै रमाउन नसकेका लगानीकर्ताहरुलाई  सेकेन्डरी मार्केटमा लगानी गर्नको लागि ट्रेडिंग एकाउन्ट खोल्न र अनलाइनबाट शेयर किनबेच गर्ने सुविधा उपलब्ध नहुदा अलि अप्ठेरो परेको कुरा  कतारबाट नै  नया लगानीकर्ताको पहिचान बनाएका पदम गिरीले बताए। उनले सरकार र सम्बधित निकायले बिदेशमा रहेका नेपालीहरुलाई पनि विदेशबाट नै सहज र सरल तरिकाले अनलाइन माध्यमबाट शेयर किन बेच गर्ने सुबिधा उपलब्ध गराउन सक्ने हो भने  सानो सानो मात्रामा छरिएर रहेको र अनुत्पादक क्षेत्रमा खर्च भैरहेको विदेशको कमाइ शेयर मार्केटको माध्यमबाट राष्ट्र निर्माणको अभियानमा सामेल हुन् सजिलो हुने कुरा बताए।  अब छिट्टै नै दोश्रो बजारमा लगानी गर्ने तयारीमा रहेका गिरीले शुरुमा आफुलाइ दोश्रो बजारमा लगानि गर्न डर लागेको भए पनि  शेयर मार्केट बारे अध्ययन बढाउदै लगे संगै अब दोश्रो बजारमा समेत लगानी गरेर आफ्नो आर्थिक उन्नतिको साथै राष्ट निर्माणको अभियानमा विदेशबाट समेत टेवा पुर्याउन सकिन्छ भन्ने आत्मविश्वास जागेको बताउदै अब छिट्टै नै दोश्रो बजार प्रवेशको तयारीको रहेको जानकारी गराए। सफलताको सुत्रबारे हाम्रा प्रतिनिधिले प्रश्न गर्दा गिरीले  थपे \” वित्तिय अनुशासन र खर्च व्यवस्थापन नै मेरो मुल कडी हो \” ।  फजुल खर्च गर्ने पैसाले मैले परिवारका अन्य सदस्यहरुको नामबाट पनि लगानी बढाउदै जाने योजना बनाएको छु। 

धेरै नेपालीहरुले परदेशमा दुख  गरेर  कमाएको सानोतिनो रकम पनि यहीको रंग रमाइलो र फजुल खर्चमा सकेर पछी स्वदेश फर्किएपछी घर न घाटको भएको पनि प्रशंस्त देख्न सुन्न सकिन्छ तर हालैको दिनमा कतारवासी नेपालि मजदुरहरुमा छाएको शेयर मार्केट प्रतिको आकर्षण र लगाव देख्दा अवशर र मर्गदर्शन पाए थोरै कमाइ हुने लगानीकर्ताहरुको कमाइ पनि एकातिर राष्ट्रको लागि उपयोगी हुने रहेछ भने अर्को तिर फजुलमा खर्च हुने पैसाको बचत भै बिदेशमा दुख गरि कमाएको पैसा स्वदेश फर्किएपछी र बुढेशकालमा सहाराको रुपमा उपयोगी  सक्छ भन्ने कुरा कतारमा कार्यरत नेपालि मजदुरहरुमा अन्तरघुलित हुदै गएको शेयर बजार प्रतिको आकर्षणबाट बुझ्न सकिन्छ।   

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच