कोरोनाको कारण नेपालमा पहिलो हाताहातिपछी काठमाण्डौको गोङ्गबु क्षेत्र सिल

काठमाण्डौ, १७ मे २०२०। कोरोना संक्रमणको कारण नेपालको पहिलो मृत्यको घटनापछि सरकारले काठमाण्डौको गोंङ्गबु क्षेत्र सिल गरेको छ। हिजो अर्थात १६ मे २०२० मा सिन्धुपाल्चोक जिल्ला बार्हबिसे न.पा. वडा नम्बर ९ घर भएकी र हालसालै एक नवजात शिशुको जन्म समेत दिएकि श्रीमती सावित्री चालिसेको स्वास्थ्यमा समस्या देखिएका कारण उपाचारका लागि सिन्धुपाल्चोकबाट धुलिखेल अस्पतालमा ल्याउदाल्याउदै मृत्यु…

1 मिनेट

पढ्ने समय

काठमाण्डौ, १७ मे २०२०। कोरोना संक्रमणको कारण नेपालको पहिलो मृत्यको घटनापछि \"\"सरकारले काठमाण्डौको गोंङ्गबु क्षेत्र सिल गरेको छ। हिजो अर्थात १६ मे २०२० मा सिन्धुपाल्चोक जिल्ला बार्हबिसे न.पा. वडा नम्बर ९ घर भएकी र हालसालै एक नवजात शिशुको जन्म समेत दिएकि श्रीमती सावित्री चालिसेको स्वास्थ्यमा समस्या देखिएका कारण उपाचारका लागि सिन्धुपाल्चोकबाट धुलिखेल अस्पतालमा ल्याउदाल्याउदै मृत्यु भएको थियो। उनको मृत्युपछी उनमा कोरोनाको लक्षण देखिएको भन्ने आधारमा गरिएको परिक्षण पश्चात उनि कोरोना पोजिटिभ रहेको कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ताद्वारा जारि बिज्ञप्तिमा जनाइको थियो ।

मृतक सावित्री चालिसे केहि समय अघिसम्म काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ९ क्षेत्रमा ताजा तरकारी तथा \"\"फलफुल ब्यबसाय गरेर बसेको भन्ने प्रारम्भिक जानकारीको आधारमा उक्त क्षेत्र जोखिममा रहेको जनाउदै उक्त क्षेत्रका बासिन्दाहरुलाई सजग र सतर्क रहन समेत सुचित गरिएको छ भने उक्त वडाको काभ्रे डेरी देखी अरुण डेरी सम्मको क्षेत्रलाई सिल गरिएको जनाइएको छ। मृतक चालिसेले तरकारी तथा फलफूल ब्यबसायको क्रममा होम डेलिभरीको रुपमा घर घर र होटेल रेस्टुरेण्टहरुमा समेत तरकारी आपूर्ति गर्दै आएको कुरा सोहि क्षेत्रमा न्यु भेरी गेष्ट हाउस संचालन गर्दै आएका धनराज वलीले हामीलाई बताउनुभएको छ।

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच