काठमाडौ, असार १० – अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठको टाउको राजधानीको उत्तरपश्चिम जंगलमा पर्ने रानीबनमा बुधबार फेला परेको छ । हत्याका अभियुक्त वीरेन प्रधानको बयानका आधारमा ख्यातीको टाउको पोको पारेर कार्टुनमा राखिएको अवस्थामा रानीवनमा फेला पारिएको कठमाडौ प्रहरी प्रमुख एसपी नवराज सिलवालले जानकारी दिए ।टाउको र कम्मरमुनिको अंग नभएको अवस्थामा ख्यातीको शरीर गत आइतबार ललितपुरमा भेटिएको थियो ।प्रहरीले बुधबारनै हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी मेरीना शाक्यको घरबाट फिरौती स्वरुप असुलेको झण्डै ४ लाख रुपैया बरामद गरेको छ । प्रहरीले प्रधान र शाक्यलाई ख्यातीको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।














