-दर्जनौ कलाकर्मी एकीकृत नेकपा माओवादीमा प्रवेश

नेपाली कला क्षेत्रका कैयौ हस्तीसहित दर्जनौ कलाकर्मी शनिबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । कलाकारहरुले राजनीति गर्नु हुँदैन भन्ने मान्यता तोड्दै उनीहरु माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर शनिबार माओवादी बनेका हुन् ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कलाकर्मीहरु युवराज लामा, केपी पाठक, राजेन्द्र खड्गी, मौसमी मल्ल, सुवास गजुरेल, शिव रेग्मी, अञ्जु पन्त माओवादीमा प्रवेश गरेका छन् । यस्तै दिपक श्रेष्ठ, छवि ओझा, जयनन्द लामा, निर्मल शर्मा, रामकृष्ण बजगाई, उदय सुब्बा, सुनिलदत्त पाण्डे,सुलेमान शंकर (इकू), हिमाल केसी, रोशन श्रेष्ठ, मौनता श्रेष्ठलगायत चार दर्जन कलाकार पनि माओवादीमा प्रवेश गरेका हुन् ।
Your Ad Here
कार्यक्रममा नवप्रवेशी कलाकारहरुले मुलुकको रुपान्तरण र चलचित्र क्षेत्रको विकासको योजना माओवादीमा मात्र रहेको बताएका छन् । कार्यक्रममा उपस्थित भएर पनि औपचारिक रुपमा पार्टी प्रवेश नगरेका कलाकार निर शाहले माओवादीले मात्र मुलुकको हित गर्न सक्ने बताउनुभयो ।कार्यक्रममा रुकुमका एमाले नेता हस्तबहादुर केसी पनि माओवादीमा प्रवेश गर्नुभएको छ । यसअघिसमेत एमालेबाट बरिष्ठ कलाकार जेबी टुहुरेलगायतको समूह माओवादीमा प्रवेश गरिसकेको छ।