-देशका लागि स्वयंसेवा गर्ने हैन त ?

-स्याटेलाइट महावीर पुन तपाइँहरुलाई चिनाइरहनु पर्ने नाम होइन। नेपालको विकट जिल्ला म्याग्दीबाट ‘दुर्गम ठाँउहरुलाई’ इन्टरनेटको सञ्जालसँग जोड्न शुरु भएको थियो महावीरको वायरलेस इन्टरनेट प्रोजेक्ट। अहिले यो बाग्लुङ, गोर्खा, पर्वत, पाल्पा, मकवानपुर लगायत दर्जन बढी जिल्लाहरुमा फैलिसकेको छ। मैले महावीरको ‘नेपाल वायरलेस प्रोजेक्ट’ मा सम्मिलित भएर काम गर्न थालेको केही महिनामात्र भयो। म र मेरो इराकी…

4 मिनेट

पढ्ने समय

-स्याटेलाइट

महावीर पुन तपाइँहरुलाई चिनाइरहनु पर्ने नाम होइन। नेपालको विकट जिल्ला म्याग्दीबाट ‘दुर्गम ठाँउहरुलाई’ इन्टरनेटको सञ्जालसँग जोड्न शुरु भएको थियो महावीरको वायरलेस इन्टरनेट प्रोजेक्ट। अहिले यो बाग्लुङ, गोर्खा, पर्वत, पाल्पा, मकवानपुर लगायत दर्जन बढी जिल्लाहरुमा फैलिसकेको छ। मैले महावीरको ‘नेपाल वायरलेस प्रोजेक्ट’ मा सम्मिलित भएर काम गर्न थालेको केही महिनामात्र भयो। म र मेरो इराकी मूलको अमेरिकी साथी अनेशले प्रोजेक्टलाई आवश्यक पर्ने वायरलेस उपकरणहरु बेलामौकामा पठाइरहेका थियौँ। तर नेपालको झ्याउलाग्दो भन्सार। प्रयोग गरिएका यी उपकरणहरु पठाउँदा पनि थुप्रै झन्झट ब्यहोर्नुपरेको तीतो अनुभव हामीसँग छ

\"\"

हामीले पठाएका केही उपकरणहरुसहित महावीर।

स्वयंसेवाका रुपमा पठाइएका यी उपकरणहरु छुटाउन मैले एकपल्ट तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलाई इमेल लेखेको थिएँ। ‘तपाँईका भन्सार कर्मचारीहरु निकै भ्रष्ट र परपीड्क छन्। यी उपकरणहरु प्रयोग भैसकेका हुन्। यिनको प्रयोजन महावीर पुनको नेपाल वायरलेस प्रोजेक्ट अन्तर्गत नेपालका विकट गाउँहरुमा इन्टरनेटको पहुँच पुर्‍याउन गरिनेछ। यसको फाइदा त्यहाँस्थित हाम्रा विद्यालयका विद्यार्थी, स्थानीय व्यापारीलगायत सर्वसाधारण हुनेछन्। त्यसैले हामीले दुःख गरेर पठाएका यी उपकरणहरु भन्सारमा रहेका जुकाहरुबाट जोगाई महावीर पुनसम्म पुग्न हामीलाई सहयोग गर्नुहोस्। प्रतिउत्तरका लागि एकसाता पर्खिएँ। आएन। भन्सारका जुकाहरुले छ हजार नेपाली रुपैँयामा बार्गेनिङ गरे। त्यसभन्दा पटक्कै घटेनन्। भन्सार तिर्ने भए त्योभन्दा बढी राजस्व तिर्नुपर्ने रे। लौ त भनेर तिर्न बाध्य भयौँ। नत्र उपकरणहरु म्याग्दीसम्म पुग्ने अवस्था थिएन

\"\"

मसँग IT Networking मा राम्रो दख्खल राख्ने साथी अनेश थियो। मैले महावीरको काम र उद्देश्य उसलाइ बताएको थिएँ। ऊ नेपालका विकट गाउँहरुमा पुगेर इन्टरनेट पुर्याउने काममा हामिलाइ सहयोग गर्न उत्सुक भयो। सयौँ डलर टिकटमा खर्चेर ऊ मसँगै टर्की, मलेसिया हुँदै नेपाल आएको छ। उसले आफूसँग माइक्रोटिक, सिस्को स्विच, वायरलेस कार्डहरुजस्ता हामीलाई ती गाँउहरुमा इन्टरनेट सेट-अप गर्न अत्यावश्यक उपकरणहरु बोकेर आएको छ। काठमाडौँ आएपछि हामीले महावीरलाई भेट्यौँ ठमेलस्थित काठमाडौँ गेष्ट हाउस परिसरमा। कसरी नेटवर्क सेट-अप गर्ने भन्नेबारेमा छलफल गर्‍यौँ। आँउदो हप्ता हामी दुई जना अमेरिकी स्वयंसेवकसहित छ जनाको समूह मुस्ताङको जोमसोम जाँदैछौँ। त्यहाँबाट हामी नजिकका गाउँ र विद्यालयहरुलाई इन्टरनेटसँग जोडने काम गर्नेछौँ। महावीर हामीसँगै हुनुहुनेछ। त्यहाँ हामी दुई हप्ता बसेर इन्टरनेट नेटवर्क सेटअप सँगसँगै त्यहाँको शैक्षिकस्तर विद्यालयहरुमा पुगेर बुझ्नेछौँ। अमेरिकाको Yale University बाट आफ्नो गर्मी विदामा महावीरको प्रोजेक्टमा सघाउन स्वय‍सेवक बनेर आएका Henry Rudriguez सँग मैले पुतलिसडकस्थित कार्यालयमा भेटेको थिएँ। उनी हामीलाई सहयोग गर्न अमेरिकादेखि आएका छन्। अनेश हाम्रा बालबालिकाहरुसम्म इन्टरनेटको पहुँच पुर्‍याउन उपकरणहरुसहित इराकबाट नेपाल आएको छ। उनीहरु अढाइ दिन हिँडेर जोमसोम परका गाँउहरुमा पुग्नेछन् महावीरको लक्ष्यलाइ आकार दिन। कामहरु धेरै छन्। गोरखामा पनि स्वयंसेवकहरु चाहिएका छन्। पर्वतको कुस्मासम्म इन्टरनेट लिङ्क पुर्‍याइसकिएको छ। फलेबासलगायतका ठाँउहरुबाट माग भैरहेको छ। सीमित जनशक्ति र साधनले गर्दा चाहेजति ठाँउहरुलाई इन्टरनेटसँग जोड्न सकिएको छैन। गाउँले विद्यार्थीहरु र विद्यालयलाई काठमाडौ-पोखरास्थित व्यवसायिक इन्टरनेट प्रदायक कम्पनीहरुले बजार मान्दैनन।

\"\"

अनेश र महावीरको भेट।

नेपाली युवाहरुसमक्ष मेरो एउटा अनुरोध छ- तपाईँ हामी नलागेसम्म सरकारले विकास गरिदिन्न र यो संभव छैन। हामीलाई नेपाली गाउँहरुमा कम्प्युटर र इन्टरनेटको पहुँच पुर्‍याउन धेरै स्वयंसेवकहरुको खाँचो छ। स्वयंसेवक बन्न सम्बन्धित विषयमा पोख्तै हुनुपर्दैन। समय र मन ठूलो कुरा हो। हामीले वर्षको एक महिना हाम्रा विकट गाँउहरुमा परिवर्तनको लहर ल्याउनका निम्ति छुट्याउन सक्दैनौ र ? शहरमा १०+२ को परिक्षा दिएर बसेकाहरुले समेत गाउँहरुमा पुगेर छोटो कोर्स पढाउन सक्छन्। बेसिक कम्प्युटर सिकाउन सक्छन्। गणित या विज्ञान पढाउन सक्लान्। हामीले स्वंयसेवाको यो अवधारणालाई केही स्तरीय उच्च माविहरुसँगको समन्वयमा पर्वतका केही विद्यालयहरुबाट शुरु गर्ने योजनामा छौँ। यसका लागि गृहकार्य भैरहेको छ। छोटो अवधिका लागि शहरका योग्य विद्यार्थीहरुलाई गाँउहरुमा लगिनेछ स्वयंसेवकका रुपमा। एक या दुई महिनाको छोटो बसाइमा उनीहरुले गाउँका केटाकेटीहरुलाई कम्प्युटर लगायत भाषागत ज्ञानहरु दिनेछन् साथै सडकमा टायर बाल्नु र यातायात बन्द गर्नु सभ्य मानिसहरुले गर्ने काम होइन भन्नेजस्ता सामान्य तर महत्वपूर्ण कुराहरु सिकाउनेछन्। हामीकहाँ डिग्री गरेका विद्यार्थीहरु त भए, तर ती सामान्य ज्ञानसमेत नभएका अराजक भीडमात्र बनिदिए। स-साना परिवर्तनहरुको सामूहिक रुप नै एउटा सिङ्गो सफलता हो। हामीलाई मुस्ताङ, गोर्खा, कपिलवस्तु, पाल्पा र भैरहवामा महावीर पुनको प्रोजेक्टमा सहयोग गर्नसक्ने स्वयंसेवकहरुको आवश्यकता छ। केही विदेशी स्वयंसेवकहरुले मात्र गरिदिएर हाम्रा योजनाहरु समयमा सकिने छैनन्। विदेशीहरु हाम्रो लागि केही गरिदिन सात समुद्र पारिदेखि आँउछन् तर हामीहरु कहिले नसकिने राजनीतिक खेलहरुका बारेमा टिप्पणी गर्दै बसेका छौँ। देश विकासका यी कामहरुमा सहयोगी हुन फिल्डमै खट्नुपर्छ भन्ने छैन। विदेशमा बस्ने नेपालीहरुले महावीरको लक्ष्यमा सहयोगी बन्न One Dollor a month कार्यक्रम अनुसार पनि सक्दो आर्थिक सहयोग गर्न सक्नुहुन्छ। प्रयोग भैसकेका कम्प्युटर, स्विच लगायतका उपकरण पठाएर पनि स्वयंसेवक बन्न सक्नुहुन्छ। यी सहयोगहरु महत्वपूर्ण योगदान हुनेछन्। महावीर पुनसहितको हाम्रो समूह केही दिनमा मुस्ताङमा हुनेछौँ र त्यहाँबाट सम्भव भयमा थप अपडेट गरौँला। थप जानकारीको लागि www.nepalwireless.net मा हेर्नुहोला। मलाई आशा छ, सहयोगी हातहरु उठ्ने नै छन् परिवर्तनका निम्ति। देश हाम्रो हो, बनाउने हामीले नै हो।

परिवर्तनका निम्ति स्वयंसेवक बन्ने हैन त !

\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच