-यी हुन् गिरिजाप्रसाद कोइरालाका छोरा

Administrator@nepalchautari                      कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन् भन्नेसमेत थाहा छैन । कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटीस्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन्, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको…

4 मिनेट

पढ्ने समय

Administrator@nepalchautari\"c29jun09\"

 

 

 

 

 

 

 

       कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन् भन्नेसमेत थाहा छैन । कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटीस्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन्, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन् । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन् । राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन ।

ँम उहासँग -गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ?,’ हात्तीसारमा रहेको आफ्नै प्रेसमा उनले नयाँ पत्रिकासित भने । सुरेश २२ चैत २००४ मा जन्मिएका हुन् जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत भएको थिएन । आमा दुलही बनेर कोइरालानिवास भित्रिँदा छोरा बनेर सुरेश पनि भित्रिएका हुन् । त्यसपछि सुरेशकोे लालनपालनको सम्पूर्ण जिम्मा लिए गिरिजाप्रसादले । बनारसनिवासी स्टदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भारतमै भएको थियो । तर, सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको श्रीमान्बीच सम्बन्धविच्छेद भयो ।

यता केशव कोइरालाकी श्रीमती नोनाको पनि माइती बनारसमै हो । नोनाकै सहयोगमा सुष्मा विराटनगर आइन् र स्थानीय आदर्श बालिका विद्यालयमा पढाउन थालिन् । सो विद्यालय नोना, बिपीपत्नी सुशीला र शैलजाकी आमा इन्दिरा मिलेर खोलेका थिए । त्यही विद्यालयमा गिरिजाप्रसाद र सुष्माको भेट भएको हो । सुष्मा यति सुन्दरी थिइन् कि गिरिजाप्रसाद पग्लिए । उनले बच्चाकी आमासमेत भनेनन्, प्रेमप्रस्ताव राखे । छोरा सुरेशलाई समेत स्विकार्ने सर्तमा गिरिजाप्रसाद र सुष्माको बिहे भयो ।

गिरिजाकी आमा दिव्यालाई बच्चासहितकी बुहारी भित्रिन लागेको मन परेको थिएन । बिपीले पनि तत्काल बिहे नगरेर आमचुनावको तयारीमा लाग्न भाइलाई निर्देशन दिएका थिए । तर, प्रेममा पग्लिएका गिरिजा रोकिएनन्, उनले कोलकाता पुगेर बिहे गरे । \’उहाँहरू बिहे गर्न नै कोलकाता जानुभयो, केशव र नोनाले उहाँहरूलाई साथ दिनुभयो,\’ कोइराला निकट रहेर काम गरेका सभासद् पुरुषोत्तम बस्नेतले नयाँ पत्रिकासित भने, \’आमासँगै आएका सुरेशलाई गिरिजाबाबुले आफ्नै छोरा मान्नुभयो, अभिभावकत्व दिनुभयो ।\’ २००९ सालमा बिहे गरेको गिरिजादम्पतीबाट ०११ सालमा सुजाता जन्मिइन् । घरमा नयाँ सन्तान आएपछि पनि सुरेशको महत्त्व कम भएन । कतिसम्म भने गिरिजाप्रसादले आफ्नी छोरीको नाम पनि सुरेशसँगै मिल्नेगरी राखिदिए- सुजाता ।

०२२ सालमा आफ्नै घरको पि|mजमा लागेको आगोले जलेर सुष्माको निधन भयो । सुष्मासँग १३ वर्ष मात्र बिताएका गिरिजाप्रसादले अर्को बिहे पनि गरेनन् र सुरेशलाई हेला पनि गरेनन् । सुष्माको निधन भएको २२ वर्षपछि गिरिजाप्रसादले आफ्नै छोराको रूपमा सुरेशको नागरिकता बनाइदिए । सुरेशले २२ पुस ०४३ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् । वंशजको आधारमा जारी उनको नागरिकतामा बुबाको नाम छ- गिरिजाप्रसाद कोइराला ।

कोइरालानिवासमा हुर्केका सुुरेशलाई कोइरालानिवासमा भेदभावको अनुभव भएन । उनले अरूले जत्तिकै सुविधासाथ पढ्ने अवसर पनि पाए । बिपी, केशव र तारिणीप्रसाद कोइरालाका छोराहरूसँगै सुरेशले पनि पहिले दार्जिलिङ र पछि बनारसमा पढे । \’हामी सँगै खेल्यौँ, सँगै खायौँ र पढ्यौँ,\’ तारिणीपुत्र ज्योतिले भने, \’अन्य कुरा त हामीलाई महसुस नै भएन ।\’

बनारसबाट बिएस्सी सकेपछि सुरेश विराटनगर फर्के । ०२८ सालमा विराटनगरको अस्पतालचोककी भानु थापासँग उनको मागीबिहे भयो । केटी माग्ने काम पनि गिरिजाप्रसादकै पहलमा भएको थियो । बिहेअघि जिल्लास्तरीय राजनीतिमा सक्रिय सुरेश बिहेपछि राजनीतिबाट टाढा भए । \’खोइ पहिलेको कुरा त थाहा भएन, बिहेपछि त राजनीतिमा हिँड्नुभएको छैन,\’ श्रीमती भानुले भनिन् । विज्ञानमा स्नातक पढेका सुरेश विराटनगरमा खेती-किसानीमा लागे । पञ्चायतकालमा कोइराला परिवारका सदस्यहरूका लागि सरकारी जागिर निषेध थियो । तर, विराटनगरमा कोइराला परिवारको प्रशस्त जग्गा थियो । त्यही जग्गामा उनले २८ सालदेखि दुई दशकसम्म कृषिको काम गरे ।

०४८ सालमा पिता गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि सुरेश पनि काठमाडौं आए । उनले जागिर पाए शाही -तत्कालीन) नेपाल वायुसेवा निगममा । पिता प्रधानमन्त्री भएको वेला छोरी सुजाताले शानेवानिका जहाज बिक्रीकाण्ड र धमिजाकाण्ड मच्चाएको आरोप छ । त्यहीवेला छोरा सुरेश भने निगममा बजार प्रबन्धकको रूपमा \’लो प्रोफाइल\’को जागिर खाइरहेका थिए । चार वर्षसम्म निगममा काम गरेपछि उनी लागे प्रेस चलाउन । सुरेशको नाममा विराटनगरमा १५ बिघा जग्गा छ । यो जग्गा पनि पिता गिरिजाप्रसादले दिएका हुन् । उनी अहिले राजधानीको बौद्ध टुसालस्थित मनोहर चालिसेको घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । प्रेसको आम्दानीले नै उनको खर्च चल्ने गरेको छ ।

अहिले पनि कोइराला परिवारभित्रै अनेक शक्तिकेन्द्र छन् । तर \’लो प्रोफाइल\’का सुरेश कुनै पनि केन्द्रमा छैनन् । त्यसैले उनलाई सबैले माया गर्छन् । त्यसमा पनि गिरिजाप्रसादले त झन् धेरै माया गर्छन् । \’हामी भेट्न गइरहन्छौँ, साह्रोगाह्रो के छ भनेर सोध्नुहुन्छ,\’ सुरेशकी श्रीमती भानुले भनिन् । सुरेश बाबुलाई भेट्न हप्तैपिच्छे जस्तो जाने गरेका छन् । भानुका अनुसार पछिल्लोपटक सातादिनअघि पनि उनीहरू दुवैजना कोइरालानिवास महाराजगन्ज पुगेका थिए ।

सुजाताले पनि दाइलाई राम्रै व्यवहार गर्छिन् । \’सुजाता नानी मन्त्री भएपछि बधाई दिन गएका थियौँ,\’ भानुले भनिन्, \’उहाँ पनि हामीकहाँ आउनुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ, हामी खुसी छौँ ।\’ सुरेशका दुई छोरा छन्, जेठा परितोष बिपीपुत्र डा. शशांकको घरमा बस्दै आएका छन् । कान्छा अभिषेक मुम्बईमा कलसेन्टरमा काम गर्छन् । इन्जिनियरिङ पढेका ३२ वषर्ीय परितोषको बिहेका लागि बधूको खोजी भइरहेकोे पारिवारिक स्रोतले जनाएको छ ।

 

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच