-डा उपेन्द्र महतोका पितालाई वारेन्ट

Administrator@nepalchautari बहुराष्ट्रिय उद्यमी डा. उपेन्द्र महतोका बाबु रामआशिष महतोलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले वारेन्ट जारी गरेको छ। ६५ वर्षीय महतोले १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अदालतले महतोका नाममा वारेन्ट जारी गरेको हो। अदालतले महतोलाई तत्काल पक्राउ गरेर अदालतसमक्ष पेस गर्न आदेश दिएको छ।…

3 मिनेट

पढ्ने समय

Administrator@nepalchautari

बहुराष्ट्रिय उद्यमी डा. उपेन्द्र महतोका बाबु रामआशिष महतोलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले वारेन्ट जारी गरेको छ। ६५ वर्षीय महतोले १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ।

जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अदालतले महतोका नाममा वारेन्ट जारी गरेको हो। अदालतले महतोलाई तत्काल पक्राउ गरेर अदालतसमक्ष पेस गर्न आदेश दिएको छ।

प्रतिष्ठित उद्यमी डा. महतोले भाटभटेनीको साढे १८ रोपनी जग्गामा दुर्गाभवन महतो–निवास बनाएका छन्, जहाँ कडा सुरक्षाबीच उनका बाबु रामआशिष बस्छन्। वृद्ध महतोले २९ वैशाखमा दुर्गाभवनभित्रै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। अनुसन्धान सुरु हुनासाथ महतो फरार छन्।

अदालतले बालिकालाई भाटभटेनीमा रहेको दुर्गाभवनसम्म पुर्‍याउने दुई महिलालाई पनि पक्राउ गरी पेस गर्न आदेश दिएको छ। आदेशपछि प्रहरी अभियुक्त महतोको खोजीमा लागेको छ। \’अदालतको आदेशपछि उनको खोजी तीव्र पारिएको छ,\’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवालले नयाँ पत्रिकासित भने, \’हामी उनलाई पक्राउ गरेर अदालतमा पेस गर्छौं।\’

घुम्न जाउँ भनेर लक्ष्मी लामा र संगीता थापाले कुलेश्वरनिवासी बालिका \’कालीमाटी ए\’ (प्रहरीले दिएको नाम) लाई भाटभटेनी पुर्‍याएका थिए। \’कालीमाटी ए\’ ले घुम्न जान्नँ, बुबा आएर गाली गर्नुहुन्छ भन्दा पनि नयाँ मोबाइल र पाँच हजार रुपैयाँ दिन्छौँ भनेर दुई महिलाले फकाएका थिए।

बालिकालाई कुलेश्वरबाट जैसीदेवलसम्म हिँडाएपछि ट्याक्सीमा राखी भाटभटेनीसम्म लगिएको थियो। दुर्गाभवनभित्र पुर्‍याएपछि दुई महिला फर्किए। बालिकालाई एक्लै पारेर वृद्ध रामआशिषले रातभर र बिहानसमेत गरी पाँचपटक बलात्कार गरेका थिए। \’रक्सी खाएर बूढाले पहिले संवेदनशील अंग छुन थाले, म चिच्याउन थालेपछि मारेर गाडीको डिक्कीमा हालेर फालिदिन्छु भनेर धम्की दिए,\’ पीडित बालिकाले प्रहरीलाई दिएको बयानमा भनेकी छिन्, \’डराएर म चुप लागेपछि त उनले जबर्जस्ती गरे, बिहानसम्म लगातार ज्यादती गरिरहे।\’

पीडित बालिका घर फर्किएलगत्तै उनका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए। तर, मुख्य अभियुक्त महतोलाई पक्राउ गर्न गएको टोली \’माथिको आदेश\’ मान्दै त्यसै फर्केको थियो। बालिकालाई दुर्गाभवन पुर्‍याउने दुई महिलालाई पक्राउ गरेर प्रहरीले तारेखमा छाडेको थियो। उनीहरू पनि अहिले फरार छन्।

तर, महान्यायाधिवक्ताको कार्यालयले बालिकामाथि जबर्जस्ती भएको, उनको यौनझिल्लीसमेत च्यातिएको र आरोपी दुई महिलाले समेत उनलाई जैसीदेवलसम्म लगेको भन्ने सकारेकाले मुद्दा अघि बढाउन आदेश दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयको निर्देशनपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। तर, बालिकामाथि रातभर र बिहानसम्म लगातार पाँचपटक बलात्कार गर्ने \’पुरुष\’ लाई तेस्रो नम्बरको सहायक अभियुक्त र बालिकालाई फकाउने दुई महिलालाई पहिलो र दोस्रो नम्बरको अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ।

\"\"

प्रतिष्ठित परिवारमाथि दाग : पिता रामआशिष, बुहारी समताप्रसाद र छोरा डा. उपेन्द्र महतो (बायाँबाट क्रमशः)

मुख्य अभियुक्तलाई तेस्रो नम्बरमा राख्ने सरकारी वकिलको कार्यालयको शैलीप्रति कानुनविद्हरूले पनि आश्चर्य व्यक्त गरेका छन्। \’जबर्जस्ती करणी गर्ने मुख्य अभियुक्तलाई तेस्रो नम्बरमा राखेर मुद्दा दर्ता गर्नु त्रुटिपूर्ण हो, उनलाई मुख्य अभियुक्त मानेर मुद्दा चलाउनुपर्छ,\’ महिला अधिकारवादी अधिवक्ता मीरा ढुंगानाको भनाइ छ।

मुलुकी ऐन जबर्जस्ती करणीको महलमा \’१६ वर्षभन्दा कम उमेरकी किशोरीलाई उनको सहमतिमा यौन–संसर्ग गरे पनि सो बलात्कार नै ठहरिने\’ उल्लेख छ। तर, \’कालीमाटी ए\’ ले आफूमाथि जबर्जस्ती भएको जाहेरी दिएकी छिन् र उनको दाबीलाई प्रसूतिगृहको मेडिकल रिपोर्टले पनि पुष्टि गरेको छ। महानगरीय प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रको प्रतिवेदनमा पनि यही उल्लेख छ। तर, सरकारी वकिलको कार्यालयले भने मुख्य अभियुक्तलाई छायामा राखेर मतियारलाई मुख्य अभियुक्त बनाउन खोजेको छ।

महतो–निवासको नाम मेटियो

\"\" 
१५ वर्षीया बालिकामाथि ६५ वर्षीय रामआशिष महतोले जुन घरमा रातभर बलात्कार गरे, त्यस घरको गेटमा लेखिएको थियो— दुर्गाभवन महतो–निवास। तर, पत्र पत्रिकाले बलात्कारको समाचार छापेलगत्तै गेटबाट नाम मेटाइएको छ। शहदेव शमशेर राणाको निवास रहेको सो घरको नाम पहिले दुर्गाभवन मात्र थियो। गैरआवासीय उद्यमी डा. उपेन्द्र महतोले २०६२ सालमा साढे १८ रोपनी जग्गासहितको भवन १८ करोडमा किनेपछि गेटमा दुर्गाभवनको ठाउँमा महतो–निवास थपेका थिए। प्रतिष्ठाका लागि किनिएको घर गम्भीर अपराधका कारण बदनाम भएपछि नामै मेटाइएको छ।

महतो–निवासको सुरक्षाको जिम्मा पनि चानचुने गार्डले होइन, नेपाल प्रहरीका पूर्वडिएसपी हरिभक्त सिग्देलले लिएका छन्। अच्युतकृष्ण खरेल महानिरीक्षक रहेका बेला उनी प्रहरी प्रधान कार्यालयका एकाउन्टेन्ट थिए।

२९ वैशाखको राति बलात्कार भए पनि प्रहरी टोली महतोलाई पक्राउ गर्न ३० वैशाखको साँझ मात्र दुर्गाभवन पुगेको थियो। तर, सिग्देलले प्रहरीलाई भित्र पस्न दिएनन्, केहीबेरको विवादपछि उनले गेट लगाइदिए। पछि सिग्देलले …माथि\’ फोन गरेपछि प्रहरी टोली त्यसै फर्किएको थियो।

सिग्देलका छोरी–ज्वाइँ दुवै प्रहरी निरीक्षक हुन्। छोरी रन्जु सिग्देल प्रहरी प्रधान कार्यालयको केन्द्रीय महिला सेलमा छिन्। स्रोतका अनुसार महतोको केस महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा आएदेखि नै रन्जु सक्रिय थिइन्। उनले मुद्दा कमजोर गराउने प्रयास गरेको प्रहरीस्रोतको भनाइ छ ।
\"\"

लेखकको बारेमा

त्रिकाल ज्ञान मार्ग अवतार

लेखकको बारेमा

सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

ब्लकस्पेयर - (गुटेनबर्ग) ब्लक सम्पादकका लागि समाचार, पत्रिका र ब्लग एडअन्स

अभिलेखहरू खोज्नुहोस्

खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच